मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी सांसदका उम्मेदवार पोखरेल अब प्राथमिक निर्वाचनको मतपत्रमा

आइतबार, १८ चैत २०८०, ०७ : ४७
आइतबार, १८ चैत २०८०

अमेरिका ।  अमेरिकी प्रतिनिधि सभा अर्थात् अमेरिकी सांसदका उम्मेदवार नेपाली मूलका एड्रियन आशिष पोखरेल अब प्राथमिक निर्वाचनको मतपत्रमा हुने भएका छन् ।

एक हजार जनाको हस्ताक्षर प्रमाणित गर्दै उनको निवेदन मनोनयनको लागि स्वीकृत भएको हो । उनी डेमोक्रयाटिकका उम्मेदवार हुन् । 

निर्वाचन अधिकारीले उक्त हस्ताक्षर सही हो या होइन भनी छुट्टाउन विद्युतीय माध्यमबाट चालक अनुमति पत्र या राज्यले प्रदान गरेको परिचय पत्रको हस्ताक्षरसँग रूजु गर्नु पर्ने प्रावधान छ ।

पोखरेलले बुझाएको करिब १,३०० हस्ताक्षर मध्ये १,००० प्रमाणित हुनासाथ सोको जानकारी निर्वाचन अधिकारीले दिएका हुन् । उनी भर्जिनिया जिल्ला १० का उम्मेदवार हुन् भने उनले आफ्नो चुनाव अभियानको लागि कार्यालयको उद्घाटन समेत गरेका छन् ।

नेपालको सुनसरी धरानबाट अमेरिका बसाई सराई सरेका उनले अमेरिकामा सैनिक सेवा ,गुप्तचर सेवा र अमेरिकी राष्ट्रिय सुरक्षा सेवामा काम गरी सकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप