उपनिर्वाचनले कांग्रेस र एमाले मूलधारका पार्टी हुन् भन्ने प्रमाणित गर्यो : सांसद खतिवडा
मङ्गलबार, १८ वैशाख २०८१, १८ : ०४

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले इलाम र बझाङमा भएको उपनिर्वाचनले देशमा कांग्रेस र एमाले नै मूलधारका पार्टीहरू हुन् भन्ने प्रमाणित गरेको बताएका छन् ।
मंगलबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खतिवडाले उपनिर्वाचनको मत परिणामले नेपाली राजनीतिमा कांग्रेस र एमाले नै मूलधारका पार्टी हुन् भन्ने प्रमाणित गरेको बताएका हुन् । उनले निर्वाचनले धेरै क्रान्तिकारीहरूलाई पनि ठेगानमा ल्याइदिएको टिप्पणी गरे ।
उनले इलाममा एमाले महागठबन्धन बनाएर निर्वाचनमा गएकाले जितेको बताए । उनले उपनिर्वाचनबाट कांग्रेस, एमाले स्थापित भएका र चटकेहरु साइडमा आएका बताए ।
सांसद खतिवडाले २०८४ सालसम्म चटकेहरु ठिक हुने टिप्पणी गरे । उनले हार व्यहोरेपनि कांग्रेसको मत कमजोर नभएको बताए । सम्मानजनक मत आएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत
-
प्रधानमन्त्री र एमआइटीका अनुसन्धानकर्ता मिङ्मार शेर्पाबिच भेटवार्ता
-
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?