उपनिर्वाचनले कांग्रेस र एमाले मूलधारका पार्टी हुन् भन्ने प्रमाणित गर्यो : सांसद खतिवडा
मङ्गलबार, १८ वैशाख २०८१, १८ : ०४
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले इलाम र बझाङमा भएको उपनिर्वाचनले देशमा कांग्रेस र एमाले नै मूलधारका पार्टीहरू हुन् भन्ने प्रमाणित गरेको बताएका छन् ।
मंगलबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खतिवडाले उपनिर्वाचनको मत परिणामले नेपाली राजनीतिमा कांग्रेस र एमाले नै मूलधारका पार्टी हुन् भन्ने प्रमाणित गरेको बताएका हुन् । उनले निर्वाचनले धेरै क्रान्तिकारीहरूलाई पनि ठेगानमा ल्याइदिएको टिप्पणी गरे ।
उनले इलाममा एमाले महागठबन्धन बनाएर निर्वाचनमा गएकाले जितेको बताए । उनले उपनिर्वाचनबाट कांग्रेस, एमाले स्थापित भएका र चटकेहरु साइडमा आएका बताए ।
सांसद खतिवडाले २०८४ सालसम्म चटकेहरु ठिक हुने टिप्पणी गरे । उनले हार व्यहोरेपनि कांग्रेसको मत कमजोर नभएको बताए । सम्मानजनक मत आएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण