शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अनलाइन मार्फत ठगी गरेको आरोपमा एकजना पक्राउ

मङ्गलबार, १८ वैशाख २०८१, १७ : ५९
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । अनलाइन मार्फत ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ घर भएकी ३० वर्षीया अनु श्रेष्ठ छिन् ।

सामाजिक संजाल फेसवुक र ह्वाट्सएप मार्फत ‘सामान पठाएको छु’ भनेर उनले भन्सार चार्ज लाग्छ भनेर रकम असुल्ने गरेकी हुन् । 

आरोपीले हालसम्म २३ लाख रुपैयाँ ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए । आरोपी काठमाडौँको चप्पल कारखानाबाट पक्राउ परेकी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप