शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

यी हुन् मधुमेहका बिरामीका लागि फाइदा हुने खानेकुरा

मङ्गलबार, १८ वैशाख २०८१, १८ : २७
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । अहिलेको बद्लिँदो जीवनशैलीमा मान्छेको खानपान बिग्रिँदै गएको छ । यसका कारण शरीर रोगको घर बन्दै गइरहेको छ । 

मधुमेह पनि खराब खानपानसँग सम्बन्धित एक रोग हो । यसमा बिरामीले औषधि भन्दा धेरै खानपानमै ध्यान दिनु पर्छ । एक पटक मधुमेह भइसकेपछि जीवनभर यसले हामीलाई छाड्दैन । लापरबाही गर्दा मधुमेहका कारण मृत्यु समेत हुन सक्छ ।

मधुमेहले हाम्रो शरीरमा ब्लड सुगर मात्रै बढाउँदैन, अन्य कयौँ खाले समस्यालाई पनि जन्म दिन्छ । मधुमेहमा हरेक दिन डाक्टरको परामर्श अनुसार खानपान गर्न सल्लाह दिइन्छ ।  

के खाने ? के नखाने

मधुमेहका बिरामीका लागि बोक्रा नफ्याँकिएको अन्न निकै फाइदाजनक हुन्छ । आलु, केराउ, फर्सी (बटरनट स्क्वाश) आदि तरकारीमा काब्र्स धेरै मात्रामा पाइन्छ । आफ्नो भोजनमा तपाईले ठिक्क मात्रामा चुकन्दर, सखरखन्डा र मकै सामेल गर्न सक्नु हुन्छ । यिनीहरू फाइबर र भिटामिन एको राम्रो स्रोत हो ।

स्याउ, सुन्तला, अनार, मेवालाई पनि ठिक्क मात्रामा खान सकिन्छ । यसबाट पनि शरीरले पर्याप्त फाइबर पाउँछ । केरा, आँप र अंगुर जस्ता उच्च क्यालोरीयुक्त खानेकुरा सेवन गर्नबाट भने बच्नुस् ।

मधुमेहका बिरामीका लागि काँचो केरा, लिची, एभोकाडो र अम्बाको सेवन स्वस्थवद्र्धक हुन सक्छ । मधुमेहका बिरामीले कम फ्याट भएका दूधजन्य प्रडक्ट दही र दूध पनि सीमित मात्रामा खानु राम्रो हुन्छ ।

मधुमेहका बिरामीले चिनी खानै हुन्न । खान नहुने अर्को चिज चाँहि मह  पनि हो । यसले शरीरको ब्लड सुगर बढ्न सक्छ । प्याकेटमा आउने जुसको सेवन पनि यस्ता बिरामीका लागि राम्रो हुन्न । यी जुसमा फ्रुक्टोस हुन्छ । यसले ब्लड सुगरको स्तरलाई ह्वात्तै बढाइदिन्छ । जुस खानु सट्टा ताजा फलफूल खानु राम्रो हुन्छ ।

फाष्टफूड वा जंक फुड पनि मधुमेहका बिरामीका लागि राम्रो चिज होइन । फ्रेन्च फ्राइज, बर्गर, पास्ता प्याकेटमा आउने फ्रोजन स्न्याक्स सबैले पनि ब्लड सुगर बढाइदिन्छन् । यी सबैबाट टाढा रहनुमै बिरामीको हित छ ।  

मधुमेहका बिरामीले खानामा चर्को नुन पनि खानु हुन्न । यिनीहरूलाई कोल्ड ड्रिङ्कले पनि क्षति नै गर्छ । बढी चिल्लो वा भुटेको तारेको खानेकुरा पनि यस्ता बिरामीका लागि खतरनाक साबित हुन सक्छ ।

-एजेन्सीहरूको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप