समितिमा रहेका विधेयकहरूलाई छिटोभन्दा छिटो पारित गर्न सभामुखको निर्देशन
काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिमा रहेका विधेयकहरूलाई छिटोभन्दा छिटो पारित गरेर संसदमा ल्याउन निर्देशन दिएका छन् ।
मंगलबार संसदीय समितिका सभापतिहरू र राष्ट्रिय दलका प्रमुख सचेतक तथा सचेतकहरूसँगको बैठकमा बोल्दै सभामुख घिमिरेले समितिमा रहेका विधेयकहरूलाई पारित गरेर संसदमा ल्याउन निर्देशन दिएका हुन् । उनले समितिमा छलफलको क्रममा रहेका विधेयकहरूलाई संसद्को आगामी अधिवेशन आह्वान हुनुभन्दा अगाडि नै बैठक बसेर टुंग्याउन निर्देशन दिए ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभामुख घिमिरेले बैठकमा समितिमा भएका विधेयकहरूको अवस्थाको बारेमा जानकारी लिएको बताए । उनले आगामी अधिवेशनमा संसदमा आउने अवस्थामा के कति विधेयकहरू छन् भन्ने सन्दर्भमा जानकारी लिएको र आगामी अधिवेशनमा विधेयक ल्याउनेगरी तयारीस्वरुप बैठक राखिएको बताए । उनले आवश्यक पर्दा आगामी अधिवेशनलाई सहज रूपमा अगाडि बढाउनका लागि राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्ने पनि बताए ।
बैठकपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै अर्थ समितिका सभापति सन्तोष चालिसेले सभामुखले समितिमा रहेका विधेयकलाई चाँडोभन्दा चाँडो पारित गरेर ल्याउन निर्देशन दिनुभएको बताए । उनले समितिको बैठक बस्दा गणपूरक सङ्ख्या नपुग्ने समस्या रहेको भन्दै समितिलाई परेका अपm्ठ्याराहरुको बारेमा पनि समिति सभापतिहरूले सभामुख समक्ष राखेका जानकारी दिए । उनले आगामी बजेटमा संसदीय समितिहरूलाई पनि पर्याप्त बजेट विनियोजन गर्न ध्यानाकर्षण गराइएको पनि बताए । उनले समिति बैठकमा सांसदहरूको अनिवार्य उपस्थितिका लागि दलका सचेतकहरूलाई पनि आग्रह गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण