बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

एटीएन्डटीको डेटा चुहियो, ७३० लाखभन्दा धेरै व्यक्तिगत डेटा डार्क वेबमा

आइतबार, १८ चैत २०८०, ११ : ४५
आइतबार, १८ चैत २०८०

वासिङ्टन डीसी । अमेरिकी बहुराष्ट्रिय दूरसञ्चार कम्पनी एटीएन्डटीका डेटा चुहिएको छ । सो कम्पनीको ७ करोड ३० लाख जना प्रयोगकर्ताको डेटा अनलाइनमा चुहिएको हो । डाटा चुहिनेमा वर्तमान र पूर्व प्रयोगकर्ता रहेका छन् ।

कम्पनीले बताएअनुसार ठेगाना, सामाजिक सुरक्षा नम्बर र पासकोड समेतका जानकारीहरू डार्क वेबमा सार्वजनिक भएको छ । डेटा चोरी भएको छ कि छैन भन्ने कम्पनीले खुट्याउन नसकेको बताइएको छ । यस मामिलाबारे साइबर सुरक्षा विज्ञहरूले छानबिन गरिरहेका छन् । ग्राहकहरूले आफ्नो पासकोड स्वतः रिसेट गर्छन् ।

उनीहरूलाई बेला बेलामा आफ्नो एकाउन्टमा हुने गतिविधि र क्रेडिट रिपोर्टबारे सतर्क रहने अनुरोध गरिन्छ । सन् २०१९ वा सो भन्दा अघि देखिका डेटाहरू चुहिएका छन् । जानकारी चुहिनेमा कम्पनीका ७६ लाख ग्राहक र ६ करोड ५४ लाख पूर्व खातावालाहरू परेको बताइएको छ । यसमा पूरा नाम, इमेल ठेगाना, जन्म मिति आदि जानकारीहरू पनि भएको बताइएको छ ।

डार्क वेबमा वित्तीय जानकारीहरू भने नचुहिएको कम्पनीले बताएको छ । डेटा कम्पनीको आफ्नो सिस्टमबाट चुहिएको हो वा तेस्रो पक्षको आपूर्तिकर्ताबाट भन्ने थाहा नभएको एटिएन्डटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । अमेरिकामा एटीएन्डटीका करिब २८ करोड प्रयोगकर्ता छन् । यो अमेरिकाको सबैभन्दा ठुलो मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूमध्ये एक हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप