अब लिंक्डइनमा पनि सर्ट भिडियो
काठमाडौँ । पछिल्लो समय सर्ट भिडियोको माग बढेको छ । फेसबुक, इन्टाग्राम होस् वा युट्युब सबैमा सर्ट भिडियो निकै हेरिन्छ । अब इन्स्टाग्राम र फेसबुकमा जस्तै लिंक्डइनमा पनि छोटो भिडियोहरू हेर्न पाइने भएको छ ।
टेकक्रञ्चले छापेको खबर अनुसार कम्पनीले छोटो भिडियो ढाँचाहरूको परीक्षण गरिरहेको छ । परीक्षण पछि प्रयोगकर्ताका फिडमा छोटो भिडियोहरू देखिने छन् ।
अहिलेसम्म लिंक्डइनमा ल्यान्डस्केप स्टाइलमा भिडियोहरू मात्रै देखाइन्थ्यो । अन्य सामाजिक सञ्जाल प्लेटफर्महरूमा सर्ट भिडियोको सफलतापछि कम्पनीले यस्ता भिडियोहरू ल्याउने विचार गरिरहेको छ । नयाँ अपडेट पछि लिंक्डइनमा छोटो भिडियोहरूको लागि छुट्टै ट्याब देखिनेछ । अहिले बिटा प्रयोगकर्ताहरूले मात्र यो फिचर चलाइरहेका छन् ।
लंक्डइनले भिडियो गेम ल्याउने योजना पनि बनाइरहेको भन्दै केही अघि समाचार आएको थियो । समाचारका अनुसार लिंक्डइन प्रयोगकर्ताहरूले अनलाइन गेम खेल्ने विकल्प पनि पाउनेछन् । खेलको नाम क्वीन्स, इन्फरेन्स र क्रसक्लाइम्ब भएको बताइएको छ । लिंक्डइनका प्रवक्ताले पनि गेमको सुविधा ल्याउन लागिएको पुष्टि गरेका थिए । तर यो फिचर कहिले लन्च हुन्छ भनेर चाहिँ उनले कुनै जानकारी दिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
-
काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण