बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

धोनीको प्रयासका बावजुद चेन्नई पराजित

सोमबार, १९ चैत २०८०, ०६ : १२
सोमबार, १९ चैत २०८०

अहमदाबाद । साबिक विजेता चेन्नई सुपर किंग्स दिल्ली क्यापिटल्ससँग २० रनले पराजित भएको छ । आइतबार राति भएको खेलमा १ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।

खेलको अन्त्यमा पूर्वकप्तान महेन्द्रसिंह धोनीले १६ बलमा ३७ रनको विस्फोटक इनिङ्स खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । उनले चार चौका र ३ छक्का हिर्काए । 

चेन्नईका लागि अजिंक्या रहाने सर्वाधिक ४५ रन बनाए । त्यस्तै डेरल मिचेलले ३४ तथा रवीन्द्र जडेजाले नटआउट रहँदै २१ रन बनाए । दिल्लीका लागि खलिल अहमदले किफायती बलिङ गर्दै ४ ओभरमा मात्र २१ रन खर्चेर २ विकेट लिए । त्यस्तै, मुकेश कुमारले ३ तथा अक्षर पटेलले १ विकेट हात पारे ।

rishab

यसअघि डेविड वार्नर र ऋषभ पन्तको अर्धशतकीय पारीको मद्दतले दिल्लीले ५ विकेटको क्षतिमा १ सय ९१ रन बनाएको थियो । वार्नरले ५२ रन तथा कप्तान पन्तले ५१ रन बनाए ।

ओपनर पृथ्वी शले ४३ रन तथा मिचेल मार्सले १८ रनको योगदान दिए । चेन्नईका लागि मथिसा पथिरानाले ३ तथा मुस्तफिजुर रहमान र रवीन्द्र जडेजाले १–१ विकेट लिएका थिए ।

यो सिजन दिल्लीको यो पहिलो जीत हो भने चेन्नईको पहिलो हार । ३ खेलबाट ४ अङ्क बटुल्दै चेन्नई अङ्क तालिकामा दोस्रो स्थानमा छ । २ अङ्कसहित दिल्ली सातौँ स्थानमा सीमित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप