सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गर्भवती सहकर्मीलाई सुत्केरी बिदा बस्न नदिन महिलाले खुवाइन् विष

मङ्गलबार, २० चैत २०८०, १५ : ०८
मङ्गलबार, २० चैत २०८०

बेइजिङ । चीनमा अचम्म खालको घटना सार्वजनिक भएको छ । एक चिनियाँ महिलाले सहकर्मीलाई सुत्केरी बिदा लिन नदिन र कामको भार बढ्ने स्थिति टर्न गर्भवती सहकर्मीको पानीमा विष मिसाउने गरेको खुलासा भएको छ । चीनमा कार्यालयसँग सम्बन्धित अनौठो अनौठा घटनाहरू बेला बेलामा आइरहेका छन् । यो घटना हुबेई प्रान्तको सरकार सम्बद्ध एउटा संस्थाको हो ।

संस्थामा कार्यरत एक महिला कर्मचारीले गर्भवती सहकर्मीको बच्चा तुहाउने प्रयास गरेकी छिन् । यसका लागि उनले पटक पटक पिउने पानीमा विष मिसाइएको खुलासा भएको छ । आफूले पिउने पानीको स्वाद अनौठो अनौठो रहेको पीडितले महसुस गरेपछि यो घटना सार्वजनिक भएको हो । सुरुमा त अफिसको पानी नै त्यस्तै होला भन्ने उनले सोचिन् ।

तर अफिसको पानीको सट्टामा बोतलको पानी खान थालेपछि अनौठो स्वाद आइ नै रह्यो । अनि पीडितले यसबारे आफैले छानबिन गर्न थालिन् । एक सहकर्मीले जिस्किएर कसैले तिम्रो पानीमा विष हालिरहेको हुन सक्छ भनेर भनेपछि पीडितले डेस्कको गतिविधि ट्याबलेटमा रेकर्ड गर्न थालिन् । यसै क्रममा सहकर्मीको पोल खुलेको हो । उनी डेस्क बाहिर भएको बेलामा सहकर्मी महिला उनको डेस्कमा रहेको पानीको बोतलमा पाउडर जस्तो देखिने वस्तु हालिरहेको भिडियोमा देखिएको थियो ।

यसबारे सोधखोज गर्दा गर्भवती महिला सुत्केरी बिदामा बसेपछि बढी काम गर्नु नपरोस् भनेर उनको गर्भपात गराउन पानीमा विष हाल्ने गरेको दोषी महिलाले स्वीकारेको दुईबिच विच्याटमा भएको कुराकानीले देखाएको छ । विष कस्तो प्रकृतिको थियो भन्ने स्पष्ट भएको छैन ।  यस मामिलालाई चिनियाँ प्रहरीहरूले संवेदनशील मानेर सोही अनुरूप कारबाही अगाडि बढाइरहेका छन् । यो घटना चिनियाँ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप