भ्रामक विज्ञापन मुद्दा- रामदेवले सर्वोच्च अदालतमा मागे माफी, जवाफ पेस गर्न अन्तिम मौका
नयाँ दिल्ली । भ्रामक विज्ञापन मुद्दामा भारतको सर्वोच्च अदालतले मंगलबार बाबा रामदेव र पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई जवाफ पेस गर्न अन्तिम मौका दिएको छ। अदालतले एक साताभित्र जवाफ पेस गर्न भनेको छ ।
अर्को सुनुवाइ अप्रिल १० मा हुनेछ। अदालतले सुनुवाइमा रामदेव र बालकृष्णलाई उपस्थित हुन भनेको छ।
आजको सुनुवाइका क्रममा रामदेवका वकिल बलवीर सिंहले अदालतमा योग गुरु माफी माग्न यहाँ उपस्थित भएको बताए । भीडका कारण अदालतमा आउन नसकेको उनको भनाई थियो ।
पत्र हेरेपछि अदालतले सो प्रतिज्ञापत्र सही नभएको भन्दै हप्काएको थियो । जब सिंहले माफी पत्र पढेर सुनाए, अदालतले यस्तो अवस्थामा आदेश उल्लङ्घन गर्ने व्यक्तिले माफी माग्नुपर्ने बताउँदै भन्यो, ‘हामी रामदेवका वकिलको माफी सुन्न चाहँदैनौँ।’
न्यायमूर्ति हिमा कोहली र न्यायमूर्ति अमानतुल्लाहको इजलासले भन्यो, ‘हामी रजिस्ट्रारलाई उनीहरू दुवैविरुद्ध झुटो बयानको मुद्दा चलाउन निर्देशन दिन्छौँ।’
अदालतले बलबीर सिंहलाई भन्यो- तिमी तयार रहनुपर्छ।
सर्वोच्चको हप्काइपछि रामदेव र बालकृष्ण अदालतको कोठामा पुगे र रामदेवले बिना शर्त माफी मागेका थिए । इजलासले भन्यो, ‘सर्वोच्च अदालतले मात्रै होइन, देशका हरेक अदालतको आदेशलाई सम्मान गर्नुपर्छ। तपाईंले अदालतको निर्देशन पालना गर्नुपर्यो र तपाईंले हरेक सीमा नाघ्नुभयो।’ –दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण