बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

आमाको निन्द्रा जोगाउन र छोराको सपना पूरा गर्न ठमेल—दबारमार्ग २४ सै घण्टा खुला : उपप्रधानमन्त्री लामिछाने

शुक्रबार, २३ चैत २०८०, २० : ००
शुक्रबार, २३ चैत २०८०

काठमाठौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने ठमेल र दरबारमार्गमा रात्रिकालीन व्यवसाय सञ्चालन आमाको निन्द्रा जोगाउने र छोराको सपना पनि पूरा गर्नेगरी गर्ने लागेको दाबी गरेका छन् ।  

शुक्रबार रात्रिकालीन व्यवसाय सञ्चालनसरोकारवाला निकायहरूसँगको छलफललाई सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले सरकारले रात्रिकालीन व्यवसाय स्थानीय र व्यवासायीहरुको समस्या समाधान गरेर मात्रै सञ्चालन गरिने प्रतिबद्धता जनाए । 

गृहमन्त्री लामिछानेले आफू लोकतन्त्रमा विश्वास गर्ने भन्दै ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुला गर्नुहुन्न भन्नेको विचारलाई बेबस्ता गर्ने गरी नजाने बताए । उनले उनीहरूको समस्या समाधान नगरी धेरै मानिसहरूले भनेकै भरमा अगाडि बढ्नुपर्छ भन्ने पक्षमा आफू नभएको स्पष्ट पारे । स्थानीय र घरधनीको अधिकार सुरक्षित हुनेगरी मात्रै अगाडि बढ्ने उनको भनाई छ । 

गृहमन्त्री लामिछानेले धेरै मानिसहरू सहमत भएका आधारमा बलिया धेरै भएका पक्षमा रहेर कम मत भएकाहरूको विचारलाई अवमूल्यन गरेर जाने पक्षमा सरकार नभएको बताए । उनले ठमेल र दरबारमार्ग अनौपचारिक रूपमा चल्नु र औपचारिक रूपमा चल्नु धेरै फरक हुने बताए । उनले २४ सै घन्टा सहर खुला हुँदा सरकार र प्रहरीले गर्ने तयारी त्यही ढङ्गको हुने बताए । पूर्णपुरमा व्यवसायीक क्षेत्र नभएकाले स्थायी बसोबास गर्नेहरूको हक अधिकार मध्यनजर राखेर काम गर्दा थप व्यवस्थित हुने उनले विश्वास व्यक्त गरे । उनले ठमेलको हकमा दुईवटा कुरा रहेको बताए । उनले व्यवसाय जोगाउनको लागि सरकारले यो कदम चालिएको धारणा व्यक्त गरे । उनले सहरमा राति पेट्रोल हाल्ने ठाउँ नभएको भन्दै काठमाडौँ सहर त्यस्तो मृत्यु सहर नभएको बताए ।

गृहमन्त्री लामिछानेले प्रहरी प्रशासनलाई ठमेल र दरबारमार्ग २४ सै घन्टा व्यापार व्यवसाय सञ्चालनमा आएपछि व्यवासायीहरुकोमा गएर खाना नखान निर्देशन दिए । उनले प्रहरीहरूले आफ्नै खाना खाने भन्दै प्रहरीहरूलाई खाना खुवाउने, राख्ने र उपहार दिने  गरे व्यवसायमा ताला लाग्ने चेतावनी दिए । उनले त्यो लोभ प्रहरीहरूले नराख्ने पनि दाबी गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप