बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

खुकुरी प्रहार गरेर भागेका ‘टाइगर’ पक्राउ

बुधबार, १७ असार २०८३, १४ : ३९
बुधबार, १७ असार २०८३

सारांश

  • काठमाडौँ महानगरपालिका–२६ सामाखुसी स्थित आत्मज्ञान सडक खण्डमा खुकुरी प्रहार गरेर भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ घर भएका २५ वर्षीय टाइगर भन्ने गोविन्द चन्द छन्।
  • प्रहरीले उनलाई बाँकेको कोहलपुरस्थित हवल्दारपुरबाट पक्राउ गरी काठमाडौँ ल्याएको हो।

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ सामाखुसी स्थित आत्मज्ञान सडकखण्डमा खुकुरी प्रहार गरेर भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ घर भएका २५ वर्षीय टाइगर भन्ने गोविन्द चन्द छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार उनलाई बाँकेको कोहलपुरस्थित हवल्दारपुरबाट पक्राउ गरेर काठमाडौँ ल्याएको हो।

महाशाखाले उनलाई थप अनुसन्धान र कारबाहीका लागी प्रहरी वृत्त महाराजगञ्जलाई बुझाएको छ । असार ४ मा उनले रुकुम पश्चिमकै बाफिकोट गाउँपालिका वडा नम्बर–४ घर भएर छाउनी बस्दै आएका २२ वर्षीय टोपजंग वलीमाथि खुकुरी प्रहार गरेका थिए।

आरोपी विरुद्ध ५ दिनको म्याद लिएर प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप