उद्यम गरेर स्वावलम्बी बन्दै बाँकेका एकल महिला
जानकी । धनी परियारको दैनिकी विवाहमा प्रयोग हुने सगुनको डालो, सुपो, शाहीपाटो, घुम्टो, जडी मालालगायत शृङ्गारका सामग्री बनाउनमा बित्छ ।
पचास वर्षीया उनले नेपालगञ्ज उपमहानगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाद्वारा आयोजित ४५ दिने विवाहको ‘सगुन एवं शृङ्गारका सामग्री निर्माण तालिम’ मा सहभागी भएपछि ती सामान बनाउन थालेकी हुन् ।
एकल महिला उनी नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीकी स्थायी बासिन्दा हुन् । उनले वर्षौ कपडा सिलाएर जीवन गुजारा गर्दै आएको बताइन् । “मैले १२ वर्षसम्म सिलाइ गरेर खर्च जुटाएँ, दैनिक दुई सय पचास देखि पाँच सयसम्म कमाइ हुन्थ्यो । त्यसले घर खर्च चलाउन धौधौ हुन्थ्यो ।”
हातमा सीप भयो भने आफ्नो बेग्लै पहिचान हुने र आर्थिकरुपमा पनि बलियो भइन्छ भन्ने लागेर तालिममा सहभागी उनले नेपालगञ्जको सीप विकास तालिम केन्द्रको सभाकक्षमा सगुनको मखमली डालो देखाउँदै भनिन्, “तालिमको प्रमाणपत्र पाइयो अब व्यवसाय गर्ने हो ।”
धनी परियार जस्तै सोही तालिमकी सहभागी प्रमिला केवँट । घाँस काटेर जीविकोपार्जन गरेकी उनी अब तालिममा सिकेको सीपबाट व्यावसायिक परिचय बनाउनेतर्फ लाग्ने बताउछिन् । उद्यमशीलतासम्बन्धी दुईदिने तालिममा सहभागी भएपछि पुनः एक हप्ताको तालिमबाट छानिएर उनी ४५ दिने सगनु एवं शृङ्गारका सामग्री बनाउने तालिममा सहभागी भइन्।
दिदी भिनाजुसँगै बस्दै आएकी प्रमिलामा प्रशिक्षक सङ्गीता गौतमले भनेझैं आफ्नै व्यवसाय सञ्चालन क्षमता छ । “मैले अनुभवको लागि मात्र यो तालिम लिएको होइन म अब उद्यम गर्न चाहन्छु,” उनले भनिन्।
नेपालगञ्ज उपमहानगरपालिका–१ वाटरपार्ककी नम्रता मल्ललाई पनि धनी परियार र प्रमिला केँवटजस्तै उद्यमी बनेर आफ्नै व्यवसाय गर्ने चाहना छ । सीपले स्वावलम्बी बनाउने वास्तविकता बुझेर नै उनीहरू उद्यम गरिरहेकी छिन् । उनीहरूसँगै अन्य १० जना महिला पनि सीप सिकिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा र सडक मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
लक्ष्मी आचार्यको नयाँ सांगीतिक कोसेली 'लगा लगा जोरका झट्का’ सार्वजनिक
-
भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार
-
स्पेन समूह विजेता, केप भर्डे उपविजेता बन्दै पहिलो पटक अन्तिम ३२ मा, उरुग्वे र साउदी बाहिरिए
-
कार्गो जहाजमा ड्रोन हमलापछि अमेरिकाद्वारा इरानमाथि प्रत्याक्रमण
-
बागमतीको पूर्वाधार योजनाः प्रादेशिक सडकमा ७ अर्ब १० करोड बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण