शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

लक्ष्मी आचार्यको नयाँ सांगीतिक कोसेली 'लगा लगा जोरका झट्का’ सार्वजनिक

शनिबार, १३ असार २०८३, ०८ : ०८
शनिबार, १३ असार २०८३

सारांश

  • गायिका लक्ष्मी आचार्यले 'लगा लगा जोरका झट्का' नामक नयाँ गीत सार्वजनिक गरेकी छिन्।
  • यस गीतको म्युजिक भिडियोमा अभिनेता पल शाह, मोडल मन्दिरा राई र गायिका लक्ष्मी आचार्यले अभिनय गरेका छन्।
  • नयाँ गीतले युट्युब र सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाइरहेको छ।

काठमाडौँ । गायिका लक्ष्मी आचार्यले आफ्नो नयाँ साङ्गीतिक प्रस्तुति ’लगा लगा जोरका झट्का’ बजारमा ल्याएकी छिन् । लक्ष्मी आचार्य र विशाल सोनीको स्वर रहेको गीत भिडियो सहिद सार्वजनिक भएको हो ।

गीतको म्युजिक भिडियोमा अभिनेता पल शाह र मोडल मन्दिरा राईको मुख्य अभिनय छ । पल र मन्दिराको केमेस्ट्रीले भिडियोलाई निकै आकर्षक बनाएको छ । साथै, गायिका स्वयं लक्ष्मी आचार्यलाई पनि भिडियोमा विशेष भूमिकामा देख्न सकिन्छ । भिडियोमा कलाकारहरूको पहिरन र नृत्यले दर्शकलाई पूर्ण मनोरञ्जन प्रदान गर्दछ ।

नेत्र अर्यालको शब्द र संगीत रहेको गीतमा एचबीएन किस्मतले संगीत संयोजन (एरेन्ज) गरेका छन् । 

भिडियोको निर्देशन कोरियोग्राफर तथा निर्देशक मौसम हिमालीले गरेका हुन् । गाउँले परिवेश र आधुनिक शैलीको फ्युजन देखाइएको यस भिडियोमा नवराज उप्रेतीको छायाङ्कन र मनोज कार्कीको सम्पादन छ । भिडियोमा ट्र्याक्टरको प्रयोग र प्राकृतिक सुन्दरतालाई निकै कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।

सार्वजनिक गीतले युट्युब र सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाइरहेको छ । विशेषगरी टिकटकमा यो गीतको हुक स्टेपले निकै चर्चा पाउने अपेक्षा गरिएको छ । गायिका लक्ष्मी आचार्यले यसअघि पनि थुप्रै चर्चित गीतहरू दिइसकेकी छिन् र यो नयाँ गीतले उनको लोकप्रियतालाई थप उचाइमा पुर्‍याउने विश्वास लिइएको छ ।

गायिका लक्ष्मीका यस अघिका ‘ए मेरी भाउजू’,  ‘कालो टिको’, नौली हदेल’ लगायत थुप्रै गीत हिट छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप