बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले कालीकोटको अध्यक्षमा मल्ल

आइतबार, २५ चैत २०८०, १२ : २९
आइतबार, २५ चैत २०८०

मान्म । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटीको अध्यक्षमा तुलाराम मल्ल विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा मल्लले दुई सय १८ मत प्राप्त गर्दा अध्यक्षका प्रत्यासी सिम्खडाले एक सय ८६ मत प्राप्त गरे ।

यही चैत २१ गतेदेखि सुरु भएको ११औँ जिल्ला अधिवेशनमा सहमति नभएपछि शनिवार निर्वाचन भएको थियो । पदाधिकारीमा अध्यक्ष मल्लको प्यानल नै विजयी भएको छ ।  साथै, उपाध्यक्षमा टेकबहादुर बुढाले दुई सय १० मतसहित निर्वाचित हुनुभयो भने प्रतिद्वन्द्वी कमलबहादुर शाहीले एक सय ७२ मत प्राप्त गरे । सचिवमा पुष्पराज आचार्यले दुई सय १२ मत ल्याएर विजयी हुँदा प्रत्यासी खडानन्द चौलागाई एक सय ५८ मत प्राप्त गरे ।

उप–सचिव खुलामा पवित्र शाहीले एक सय ६८ मत प्राप्त गरी निर्वाचित भइन् भने उनका प्रत्यासीहरु प्रेमबहादुर बुढाले ९२ र लङ्कबहादुर बमले ९८ मत पाएको निर्वाचन समितिका सदस्य भरत विष्टले जानकारी दिए । उपसचिव महिलामा ताराकुमारी शाहीले दुई सय १२ मत प्राप्त गरी विजयी भइन् भने प्रत्यासी सुभद्रा सिंहले सय ५७ मत प्राप्त गरिन् ।

निर्वाचनमा कुल चार सय २८ मतदातामध्ये चार सय २४ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप