लुम्बिनीमा सानो आकारको मन्त्रीमण्डल बन्न सक्दैन : मुख्यमन्त्री महरा
आइतबार, २५ चैत २०८०, १५ : ३४
बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोख बहादुर महराले सानो आकारको मन्त्रीमण्डल बन्न नसक्ने उल्लेख गरेका छन् ।
आइतबार पदभार ग्रहण लगत्तै सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै मुख्यमन्त्री महराले धेरै दलहरू मिलेर बनेको सरकार भएकोले सबैले खोजेजस्तो सानो मन्त्रीमण्डल बन्न नसक्ने उल्लेख गरेका हुन् । उनले बाहिर आएजस्तो जम्बो मन्त्रिपरिषद् पनि नबन्ने बताए ।
यस्तै आफूहरूले मेरो भन्दा पनि हाम्रो भन्ने सामूहिक बिचार बाहिर ल्याउने प्रतिक्रिया दिए । उनले आफूहरूले हचुवाको भरमा कुनै काम नगर्ने भन्दै सामूहिक बिचार प्रदान गर्ने बताए ।
उनले मन्त्रीपरिषद्लाई पूर्णता र विश्वासको मत भने कानुनी म्यादभन्दा अगाडि नै लिने गरी छलफल जारी राख्ने बताए ।
लुम्बिनीका ५ दलको समर्थनमा महरा मुख्यमन्त्री बनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफ सकिँदा न्युजिल्यान्डविरुद्ध बेल्जियमको अग्रता, इजिप्ट–इरान बराबरीमा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानको पुनरागमन, रमिन रेजैनले बराबरी गोल गरे
-
बेल्जियमले बनायो अग्रता, न्युजिल्यान्ड दबाबमा
-
केप भर्डेले रच्यो इतिहास, साविक विजेता अर्जेन्टिनासँग भेट पक्का
-
‘लज्जावती’ले सार्वजनिक गर्यो कलाकारको क्यारेक्टर लुक्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण