लुम्बिनीमा सानो आकारको मन्त्रीमण्डल बन्न सक्दैन : मुख्यमन्त्री महरा
आइतबार, २५ चैत २०८०, १५ : ३४

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोख बहादुर महराले सानो आकारको मन्त्रीमण्डल बन्न नसक्ने उल्लेख गरेका छन् ।
आइतबार पदभार ग्रहण लगत्तै सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै मुख्यमन्त्री महराले धेरै दलहरू मिलेर बनेको सरकार भएकोले सबैले खोजेजस्तो सानो मन्त्रीमण्डल बन्न नसक्ने उल्लेख गरेका हुन् । उनले बाहिर आएजस्तो जम्बो मन्त्रिपरिषद् पनि नबन्ने बताए ।
यस्तै आफूहरूले मेरो भन्दा पनि हाम्रो भन्ने सामूहिक बिचार बाहिर ल्याउने प्रतिक्रिया दिए । उनले आफूहरूले हचुवाको भरमा कुनै काम नगर्ने भन्दै सामूहिक बिचार प्रदान गर्ने बताए ।
उनले मन्त्रीपरिषद्लाई पूर्णता र विश्वासको मत भने कानुनी म्यादभन्दा अगाडि नै लिने गरी छलफल जारी राख्ने बताए ।
लुम्बिनीका ५ दलको समर्थनमा महरा मुख्यमन्त्री बनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युइएफए नेसन्स लिगः स्पेन र पोर्चुगल भिड्दै, यस्तो छ हेड टु हेड अवस्था
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र
-
नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु