दाङमा बालिकामाथि जबरजस्ती करणी गर्ने पक्राउ
आइतबार, २५ चैत २०८०, १८ : ११

दाङ । दाङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शनिबार साँझ एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्ती गाउँपालिका-९ घोसखोला बस्ने ३४ वर्षीय विष्णुबहादुर रेश्मी रहेका छन् ।
विष्णुले ती बालिकालाई गत फागुन २६ गते पीडितकै घरमा गई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।