मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

७५ हजार माथि पुग्यो सेन्सेक्स

मङ्गलबार, २७ चैत २०८०, १२ : ५५
मङ्गलबार, २७ चैत २०८०

नयाँ दिल्ली । भारतको प्रमुख शेयर परिसूचक बीएसई सेन्सेक्स इतिहासमै पहिलो पटक ७५ हजार अंकमाथि पुगेको छ ।  निफ्टी ५० पनि २२ हजार ७५० स्तरमाथि उक्लिएको थियो ।

कारोबार खुल्दाखेरि नै सेन्सेक्स ७५ हजार १२४ दशमलव २८ अंकमा थियो । सन् २०२० को मार्च २४ मा कोभिडको समयको न्यून स्तरबाट सेन्सेक्स करिब १९० प्रतिशतले बढेको छ । सेन्सेक्समा सूचिकृत करिब २० ओटा शेयरमा वृद्धि सेन्सेक्सको भन्दा धेरैको छ । अन्य १० शेयरको प्रदर्शन चाँहि बेञ्चमार्कको भन्दा थोरै भएको बताइएको छ ।

निर्वाचनसम्बन्धी खर्चका कारण खपत माग बढ्ने भएकोले चालु आवको पहिलो अर्धवार्षिक अवधिमा भारतीय अर्थतन्त्र बढ्ने अनुमान छ । त्यसैले यस अवधिमा शेयर बजारले पनि राम्रो प्रदर्शन गर्ने अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप