महाधिवेशनका लागि एकीकृत समाजवादीले उठाउन थाल्यो पैसा
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशनका लागि आर्थिक संकलन गर्न सुरु गरेको छ । एकीकृत समाजवादीको दशौँ महाधिवेशन आगामी असार १६ गतेदेखि २० गतेसम्म काठमाडौँमा हुँदैछ ।
महाधिवेशनका लागि आवश्यक पर्ने खर्च जुटाउनका लागि पार्टीले आर्थिक संकलन गर्न सुरु गरेको हो । मंगलबार पार्टीका उपाध्यक्ष तथा दशौँ महाधिवेशन आर्थिक परिचालन कमिटीको अध्यक्ष प्रमेश हमालको अध्यक्षतामा बसेको बैठकले आर्थिक सहयोग संकलन अभियान सुरु गर्ने निर्णय गरेको हो ।
समितिले आवश्यक आर्थिक संकलन गर्न रसिद प्याड छाप्ने काम गरेको र रसिद प्याडमा क्यु आर कोड पनि राखिएकाले क्यु आर कोडमार्फत पनि सहयोग गर्न सकिने पार्टीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । पहिलो दिन पार्टी अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनका लागि सहयोगस्वरुप २५ हजार रुपैयाँ क्यु आर कोडमार्फत दिएको पनि उनले बताए ।
सचिव श्रेष्ठले पार्टीको स्थायी कमिटी बैठक वैशाख २६ गते, पोलिटब्युरो बैठक वैशाख २७ गते र केन्द्रीय कमिटी बैठक वैशाख २८–२९ गते बस्ने पनि जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण