संसद् बैठक
संसद्मा कांग्रेस र रास्वपा आमनेसमाने : बैठकको सुरुमै दुवै पक्ष उठे
मङ्गलबार, २७ चैत २०८०, १३ : ०५
काठमाडौँ । प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एकसाथ उठेका छन् । बैठकको सुरुमै दुवै दलका सांसद उठेर सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।
संसद्को प्रतिपक्ष दल र सरकार पक्ष दलको बेन्चबाट सांसदहरू उठेपछि सभामुख घिमिरेले सुरुमा कांग्रेस सचेतक सुशीला थिङलाई ५ मिनेट बोल्न समय दिएका छन् । कांग्रेसले संसद्मा गृहमन्त्री रवि लामिछाने विरुद्ध बोलेका कुराको प्रतिवाद गर्ने रास्वपाले सङ्केत गरेको छ ।
आजै संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा सहमति हुन सकेन । कांग्रेसले गृहमन्त्री लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण