आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ब्याडमिन्टनमा आयुष र स्वर्लिन च्याम्पियन

मङ्गलबार, २७ चैत २०८०, १५ : ४९
मङ्गलबार, २७ चैत २०८०

काठमाडौँ । सूर्यविनायक नगरपालिका–८ का आयुष प्रजापती र मध्यपुर नगरपालिका–२ की स्वर्लिन श्रेष्ठले भक्तपुरमा जारी दोस्रो भक्तपुर जिल्ला अन्तरवडा ब्याडमिन्टन प्रतियोगितामा एकलतर्फको उपाधि जितेका छन् ।

अन्तर्राष्ट्रिय ब्याडमिन्टन विकास केन्द्र लोकन्थलीले आयोजना गरेको उक्त प्रतियोगिताको पुरुष एकलतर्फको फाइनलमा आयुषले मध्यपुर–९ का संयोग बस्नेतलाई २१–८, २५–२३ अंकले  पराजित गरेका हुन् ।

महिला एकलतर्फको फाइनलमा भने स्वर्लिनले मध्यपुर–४ की कृषा श्रेष्ठलाई २१–९, २१–११ अंकले पराजित गर्दै उपाधि चुमिन् । ब्वाइज यू–१५ तर्फ मध्यपुर–७ का सक्षम कार्की च्याम्पियन बने । उनले फाइनलमा सूर्यविनायक–५ का अक्षत ढुंगेललाई २१–१५, २१–१२ अंकले हराए ।

यसैगरी पुरुष युगलतर्फको उपाधि भने सूर्यविनायक–३ का रमेश बस्नेत र दीपक खत्रीको जोडीले जित्यो । उक्त जोडीले फाइनलमा मध्यपुर–७ का भीमराज कार्की र साजन न्यौपानेको जोडीलाई २१–१७, २१–११ अंकले हरायो ।

यसैगरी मास्टर्स ४५ वर्षभन्दा माथिको डबल्स स्पर्धामा मध्यपुर–८ का हरि धेके र पुर्णहरि होनाको जोडी च्याम्पियन बन्यो । उक्त जोडीले फाइनलमा सूर्यविनायक–८ का डेन लामा र राकेश थापा मगरको जोडीलाई २१–१८, २१–१३ अंकले हरायो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः २० हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप