बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा ब्याजदर बढेर ८ प्रतिशतमा पुग्ने चेतावनी

मङ्गलबार, २७ चैत २०८०, १९ : ०७
मङ्गलबार, २७ चैत २०८०

वाशिङ्टन डीसी । अमेरिकामा ब्याजदर बढेर ८ प्रतिशतमा पुग्न सक्ने चेतावनी दिइएको छ । विश्वको सबैभन्दा ठुला बैंक मध्ये एक जेपी मोर्गन चेजका हाकिम जेमी डेमनले यस्तो चेतावनी दिएका हुन् । 

मुद्रास्फीतिको चाप लगातार रही नै रहेकोले आफ्नो बैंक ब्याजदर बढाउन तयार रहेको उनले बताएका छन् ।  विश्वभरका केन्द्रीय बैङ्कहरूले महँगीमाथि अंकुश लगाउन ब्याजदर बढाउन व्यस्त छन् । अमेरिकामा महँगी क्रमशः खुकुलो बन्दै गइरहँदा यो वर्षको अन्त्यदेखि केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर घटाउन थाल्ने आशा बढेको थियो ।

यस वर्ष शून्य दशमलव २५ प्रतिशतको दरले दुई पटक ब्याजदर कटौती हुनेमा बजार विश्वस्त रहँदै आएका छन् । तर शेयरधनीहरुका नाममा जारी पत्रमा डेमनले भने २ देखि ८ प्रतिशत वा सोभन्दा माथि ब्याजदर पुर्याउन पनि बैंक तयार रहेको बताएका छन् । उच्च सरकारी खर्च र मूल्य वृद्धिमा नियन्त्रण गर्नुपर्ने आवश्यकताका कारण ब्याजदर उच्च हुने बैंकको भनाई छ । अहिले अमेरिकामा ब्याजदर ५ दशमलव २५ प्रतिशत देखि साढे ५ प्रतिशतको बीचमा छ ।

यो भनेको २० वर्षभन्दा बढी समययताकै उच्च हो । केन्द्रीय बैङ्कहरूले ऋण महँगो बनाएर उपभोक्ताहरूलाई बचत गर्न र धेरै खर्च नगर्न अनि व्यवसायमा लगानी घटाउन बाध्य पार्छन् । यसो गर्दा आर्थिक गतिविधि सुस्ताउँछ र मूल्यवृद्धिको चाप कम हुन्छ । फेड बइाजदर निर्धारण समितिको बैठक यो महिनाको अन्त्यमा बस्दैछ । बैठकले ब्याजदर यथावत् राख्ने अपेक्षा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप