भाजपाबाट किरण खेरको लोकसभा टिकट रद्द
बुधबार, २८ चैत २०८०, १५ : १०
नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा)ले लोकसभा चुनावका लागि नौ उम्मेदवारको दसौँ सूची सार्वजनिक गरेको छ । चण्डीगढबाट दुई पटक सांसद रहेकी किरण खेरको टिकट रद्द गरी उनको स्थानमा सञ्जय टण्डनलाई टिकट दिइएको छ ।
मैनपुरीबाट डिम्पल यादवको विरुद्धमा जयवीर सिंह ठाकुरलाई उम्मेदवार बनाएको छ । एसएस अहलुवालियालाई आसनसोलबाट टिकट दिइएको छ । यस सिटबाट भाजपाले यसअघि भोजपुरी गायक तथा अभिनेता पवन सिंहलाई उम्मेदवार बनाएको थियो तर उनले चुनाव लड्न अस्वीकार गरेका थिए ।
कौशाम्बीबाट विनोद सोनकर र फुलपुरबाट प्रवीण पटेललाई टिकट दिइएको छ । इलाहाबादबाट नीरज त्रिपाठी बीजेपीको उम्मेदवार हुनेछन् । बलियाबाट नीरज शेखर, मछलीशहरबाट बीपी सरोज र गाजीपुरबाट पारसनाथ राई भाजपाको टिकटमा चुनाव लड्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण