शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भाजपाबाट किरण खेरको लोकसभा टिकट रद्द

बुधबार, २८ चैत २०८०, १५ : १०
बुधबार, २८ चैत २०८०

नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा)ले लोकसभा चुनावका लागि नौ उम्मेदवारको दसौँ सूची सार्वजनिक गरेको छ । चण्डीगढबाट दुई पटक सांसद रहेकी किरण खेरको टिकट रद्द गरी उनको स्थानमा सञ्जय टण्डनलाई टिकट दिइएको छ ।

मैनपुरीबाट डिम्पल यादवको विरुद्धमा जयवीर सिंह ठाकुरलाई उम्मेदवार बनाएको छ । एसएस अहलुवालियालाई आसनसोलबाट टिकट दिइएको छ । यस सिटबाट भाजपाले यसअघि भोजपुरी गायक तथा अभिनेता पवन सिंहलाई उम्मेदवार बनाएको थियो तर उनले चुनाव लड्न अस्वीकार गरेका थिए ।

कौशाम्बीबाट विनोद सोनकर र फुलपुरबाट प्रवीण पटेललाई टिकट दिइएको छ । इलाहाबादबाट नीरज त्रिपाठी बीजेपीको उम्मेदवार हुनेछन् । बलियाबाट नीरज शेखर, मछलीशहरबाट बीपी सरोज र गाजीपुरबाट पारसनाथ राई भाजपाको टिकटमा चुनाव लड्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप