आयुक्त पद प्रदान कवाज सम्पन्न, तस्बिरहरु
काठमाडौँ । नेपाली सेनाको पदिक तथा बिल्लादार अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रम सम्पन्न भएको छ । बुधबार भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्य रहेको समारोहमा तालिममा सहभागी अधिकृत क्याडेटहरुले आयुक्त पद प्रदान कवाज प्रदर्शन गरेका थिए ।

सो अवसरमा सि.सं.६१ अधिकृत क्याडेट तालिमका १२ महिला तथा बङ्गलादेश, श्रीलङ्का र जाम्वियाका ३ जना सहित ७८ पुरुष गरी जम्मा ९० जना, सि.सं.३ स्नातक अधिकृत क्याडेट तालिमका ७ जना र सि.सं. ५१ पदिक तथा बिल्लादार अधिकृत क्याडेट तालिमका ३६ जना गरी कुल १३३ जना अधिकृत क्याडेटहरुले आयुक्त पद प्राप्त गरेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री दाहालले सि.सं.६१ अधिकृत क्याडेट तालिममा सर्वप्रथम हुने प्रतिष्ठान ज्येष्ठ प्रशिक्षार्थी अधिकृत क्याडेट दीपेन्द्र कडायत, महिलातर्फ प्रथम हुने अधिकृत क्याडेट दिपा घिमिरे, सि.सं.३ स्नातक अधिकृत क्याडेट तर्फ प्रथम हुने मनिष खड्का, सि.सं. ५१ पदिक तथा बिल्लादार अधिकृत क्याडेट तालिममा प्रथम हुने अधिकृत क्याडेट विवेक अधिकारी र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय अधिकृत क्याडेट बङ्गलादेशका सैफुर रहमान खानलाई श्रेष्ठताको प्रतीक खुकुरी एवं छडी प्रदान गरे ।

कार्यक्रममा प्रधानमन्त्री दाहालले नवआयुक्त अधिकृतहरूलाई लामो अवधिको आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरी आयुक्त पद प्राप्त गर्न सफल भएकोमा बधाई दिँदै आगामी सैनिक जीवनमा सफलताको लागि शुभकामना व्यक्त गरेका थिए । उनले राष्ट्र र जनताको लागि सैनिक सेवा मार्फत आफ्नो जीवन समर्पण गर्न लिएको अठोटको सराहना गर्दै सेनामा सेवा गर्न प्रेरित गर्ने अभिभावक र आफन्तजनमा आभार व्यक्त गरे ।

सम्बोधनकै क्रममा प्रधानमन्त्रीले नेपाली सैनिक प्रतिष्ठान, खरिपाटीमा शिक्षार्थीको सङ्ख्या बढ्दै गएको र तालिम इलाका सीमित रहेकाले काभ्रेको पनौतीमा यसको उप केन्द्र निर्माण गर्ने सम्बन्धमा संगठनको प्रस्ताव प्रति सरकारको तर्फबाट आवश्यक सहयोग हुने कुरा बताए ।

आयुक्त पद प्रदान कार्यक्रममा रक्षा मन्त्री हरिप्रसाद उप्रेती, प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा, रक्षा सचिव श्री किरणराज शर्मा, पूर्व प्रधान सेनापतिहरू, बलाध्यक्ष रथी, रथीवृन्द, पूर्व कमाण्डाण्ट, प्राध्यापकहरू, भक्तपुर जिल्लास्थित सरकारी निकायका पदाधिकारीहरू, अन्य सुरक्षा निकायका पदाधिकारीहरू, नेपाली सेनाका अधिकृत, सैनिक सहचारीहरू, सञ्चारकर्मी एवं नव आयुक्त अधिकृतहरूको परिवारजनको उपस्थिति थियो ।

नेपाली सैनिक प्रतिष्ठानबाट हालसम्म अधिकृत क्याडेट र पदिक तथा बिल्लादार अधिकृत क्याडेट गरी ५०४२ जना तथा ११३६ जना प्राविधिक अधिकृतहरूले सफलतापूर्वक तालिम सम्पन्न गरिसकेका छन् । सन् २०१२ बाट विदेशी शिक्षार्थीहरू समेत सम्मिलित गराई तालिम सञ्चालन गरिँदै आएकोमा हालसम्म विभिन्न राष्ट्रहरूका २७ जना विदेशी शिक्षार्थीहरूले तालिम सम्पन्न गरिसकेका छन् ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्याटमा ३० प्रतिशत अग्रीम कट्टीको व्यवस्था खारेज, निर्माण व्यवसायीको वर्षौँदेखिको माग पूरा
-
‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग
-
रित्तिँदै राहदानीको मौज्दात, सरकारभित्रै छैन एकमत
-
अफगानिस्तानमा रहेका बारुती सुरुङ हटाउने घोषणा
-
पूर्वी भारतको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते
-
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण