मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

ई–ड्राइभ नेपालको लुम्बिनीमा  सेवा

बिहीबार, २९ चैत २०८०, १२ : ५९
बिहीबार, २९ चैत २०८०

बुटवल । अनलाइन ट्याक्सी तथा बाइक सेवा दिने गरी ई ड्राइभ नेपाल प्रालिले आफ्नो सेवा लुम्बिनी प्रदेशमा शुभारम्भ गर्ने भएको छ। काठमाडौँमा ६ महिना देखि सेवा दिँदै आएको प्रालिले यस क्षेत्रमा वैशाखको पहिलो हप्तादेखि सेवा बिस्तार गरी लुम्बिनी प्रदेशमा सुरु गर्ने  आज  रुपन्देहीका आयोजित पत्रकार सम्मेलनमा जनाएको  छ । 

पत्रकार सम्मेलनमा  ई ड्राइभ नेपाल प्रालिका अध्यक्ष राजेश मास्केले इलेक्ट्रिक साधनमा जोड दिने गरी सेवा चलाएको  बताउँदै लुम्बिनी प्रदेश पछि अन्य  प्रदेशमा पनि सुरुवात गर्ने योजना रहेको बताए । नेपालमा दर्ता भएर आफूहरू चलेको हुँदा  सुरक्षित हुने दाबी  गरे । 

कार्यक्रममा  ई ड्राइभ लुम्बिनी प्रालिका अध्यक्ष राजकुमार गुप्ताले नेपालमै तयार भएको एप र मुख्य गरी बिजुली गाडीलाई प्राथमिकता राखेर वैशाखको पहिलो हप्तादेखि सुरु गर्ने बताए।  उनले सुरुमा बुटवल भैरहवामा पहिले सुरु गर्दै र त्यसपछि   कपिलवस्तुको  चन्द्रोट्रा , पाल्पा , नवलपरासीको बर्दघाट सम्म चल्ने बताए । 

उनेले नेपाल सरकारबाट निर्धारण गरिएको भाडा दर नै कायम गरिने उनले बताए। स्थानीय युवाहरूलाई आफ्नै ठाउँमा रोजगारको अवसर दिने गरी सेवा सुरु गरिएको उनले बताए  । ड्राइभर र प्यासेन्जरलाई चलाउन सरल रहेकोले नै यो एपलाई लुम्बिनी प्रदेशमा ल्याइएको उनले बताए। हाललाई दर्ता शुल्क नराखिएको भन्दै केही समयपछि भने न्यून शुल्क राखिने  जनाएको छ । 

अध्यक्ष मास्केले  पहिचान मिल्ने गरी सवारीमा स्टिकर, चालकलाई  ज्याकेट समेत उपलब्ध गराइएको बताए। अनलाइन सवारीमा दुर्घटनामा घाइते भए ७० हजार रुपैयाँ र मृत्यु भएको खण्डमा ७ लाख रुपैयाँ बराबरको तेस्रो पार्टीबाहेकको ईन्सुरेन्सको व्यवस्था रहने उनले बताए। निकट भविष्यमा कोसी र गण्डकीमा समेत सेवा बिस्तार गर्ने लक्ष्य रहेको उनले बताए।

 प्रालिका डाइरेक्टर विशाल भण्डारीले सेवा शुभारम्भको अवसरमा राईडमा ५० प्रतिशत छुट रहने बताए । उनले विशेष अफरहरू पनि चलाउने योजना रहेको खुलाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप