इरानको चेतावनीबिच इजरायललाई अमेरिकाको समर्थन
वासिङ्टन । इरानको चेतावनीको बिचमा अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई सबै सम्भव सहयोग गर्ने वाचा गरेका छन् । इरानले इजरायलमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।
हालै सिरियामा भएको आक्रमणमा धेरै इरानी मारिएका छन् । चेतावनीपछि बाइडेनले भने, ‘हामी इजरायलको सुरक्षाका लागि सबै सम्भव सहयोग गर्नेछौँ ।’
इदको अवसरमा आफ्नो सन्देशमा इरानी नेता आयातोल्लाह अली खामेनीले सिरियाको राजधानी दमास्कसमा इजरायलले गरेको आक्रमण इरानमाथिको आक्रमण भएको बताएका थिए । उनले भने, ‘जब उनीहरूले हाम्रो दूतावास क्षेत्रमा आक्रमण गरे, यो हाम्रो माटोमा आक्रमण गरेजस्तो हो ।’ उनले इजरायललाई सजाय दिने बताए ।
अप्रिल १ मा, इरानी दूतावास भवनमा भएको आक्रमणमा धेरै वरिष्ठ इरानी सैन्य अधिकारीहरू सहित १३ जनाको मृत्यु भएको थियो। इजरायलले यस आक्रमणको जिम्मेवारी लिएको छैन, तर यसको पछाडि इजरायलको हात रहेको विश्वास गरिएको छ। यस हमलापछि उक्त क्षेत्रमा उपस्थित इजरायली र अमेरिकी सैनिकहरू उच्च सतर्कतामा छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण