ईशान्वी र रिजनलाई स्वर्ण
काठमाडौँ । ईशान्वी महर्जनले नयाँ वर्षको उपलक्ष्यमा आयोजित टेबलटेनिस प्रतियोगिताको यू–१६ गल्र्सतर्फको एकल स्पर्धामा स्वर्ण पदक जितेकी छन् । ललितपुर जिल्ला टेबलटेनिस संघको तत्वावधानमा कान्तिपुर भ्याली पिङ पोङ क्लब (केभीपीपीसी) र ललितपुर टेबलटेनिस क्लबद्वारा संयुक्तरुपमा आयोजित प्रतियोगिताको फाइनलमा केभीपीपीसीकी ईशान्वीले आफ्नै क्लबकी ईम्रिन महर्जनलाई ३–० को सोझो सेटमा पराजित गरिन् ।
पाटनको गाहबालमा भएको प्रतियोगिताको यू–१४ ब्वाइज सिंगल्सतर्फ केभीपीपीसीका रिजन शाक्य पहिलो भए । उनले फाइनलमा आफ्नै क्लबका अर्नव श्रेष्ठलाई ३–१ को सेटमा हराउँदै उपाधि हात पारेका हुन् । यसैगरी यू–१० स्पर्धामा नेपाल एपीएम टेबलटेनिस क्लबकी ममता बोहराले स्वर्ण जितिन् । ममताले फाइनलमा रुसन शाक्यलाई ३–१ सेटले पाखा लगाइन् ।
विजेतालाई ललितपुर महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष राजेन्द्र महर्जन, ललितपुर जिल्ला टेबलटेनिस संघका अध्यक्ष आशिष अवाले लगायतले पुरस्कार वितरण गरे । प्रतियोगितामा ११० खेलाडीको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न नेपाल सरकारद्वारा साउदी सरकारसँग आग्रह
-
बखान : भरतपुर विद्रोहबाट जन्मिएको आख्यान
-
युरोपमा गर्मीको भयावह कहर, मर्नेकाे सङ्ख्या चुलिँदै
-
'वेलकम टु द जङ्गल'को बक्स अफिसमा दमदार सुरुआत, पहिलो दिनको कलेक्सन कति ?
-
५१ औँ दिनमा ‘लालीबजार’
-
राप्ती नदीमाथिको पुल निर्माण ७५ प्रतिशत सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण