शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ईशान्वी र रिजनलाई स्वर्ण

आइतबार, ०२ वैशाख २०८१, १८ : ०१
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । ईशान्वी महर्जनले नयाँ वर्षको उपलक्ष्यमा आयोजित टेबलटेनिस प्रतियोगिताको यू–१६ गल्र्सतर्फको एकल स्पर्धामा स्वर्ण पदक जितेकी छन् । ललितपुर जिल्ला टेबलटेनिस संघको तत्वावधानमा कान्तिपुर भ्याली पिङ पोङ क्लब (केभीपीपीसी) र ललितपुर टेबलटेनिस क्लबद्वारा संयुक्तरुपमा आयोजित प्रतियोगिताको फाइनलमा केभीपीपीसीकी ईशान्वीले आफ्नै क्लबकी ईम्रिन महर्जनलाई ३–० को सोझो सेटमा पराजित गरिन् ।

पाटनको गाहबालमा भएको प्रतियोगिताको यू–१४ ब्वाइज सिंगल्सतर्फ केभीपीपीसीका रिजन शाक्य पहिलो भए । उनले फाइनलमा आफ्नै क्लबका अर्नव श्रेष्ठलाई ३–१ को सेटमा हराउँदै उपाधि हात पारेका हुन् । यसैगरी यू–१० स्पर्धामा नेपाल एपीएम टेबलटेनिस क्लबकी ममता बोहराले स्वर्ण जितिन् । ममताले फाइनलमा रुसन शाक्यलाई ३–१ सेटले पाखा लगाइन् ।

विजेतालाई ललितपुर महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष राजेन्द्र महर्जन, ललितपुर जिल्ला टेबलटेनिस संघका अध्यक्ष आशिष अवाले लगायतले पुरस्कार वितरण गरे । प्रतियोगितामा ११० खेलाडीको सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप