बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण हुँदै

आइतबार, ०२ वैशाख २०८१, २० : ३०
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । काठमाडौँ । नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण यही वैशाख २१ र २२ गते दुई दिन काठमाडौँमा हुने भएको छ ।

सञ्चारकर्मीहरूको समूह त्रिकल प्रोडक्सनको आयोजनामा “स्वस्थ नेपाल निर्माणको अग्रसरता : सरकार, सामुदायिक र निजी क्षेत्र सबैको सहभागिता’’ भन्ने नारासहित स्वास्थ्य सम्मेलन हुन लागेको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहकार्यमा त्रिकाल प्रोडक्सनको आयोजनामा हुन लागेको सम्मेलनले राष्ट्रको स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ पार्न बहुपक्षीय सामूहिक कार्यको महत्त्वलाई उजागर गर्ने लक्ष्य लिइएको छ ।  सम्मेलनले स्वास्थ्य क्षेत्रमाका चुनौती र आवश्यकताको पहिचान सहित परिपूर्तिको आधारलाई पहिल्याउँदै भविष्यको मार्गचित्र तयार पार्नेछ । यसका लागि स्वास्थ्य क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्व एवं सरोकारवालाहरू, स्वास्थ्यकर्मीहरू र नागरिकलाई छलफलका लागि साझामञ्च प्रदान गर्ने त्रिकल प्रोडक्सनले जनाएको छ । 

सम्मेलनको पहिलो दिन नेपालको जनस्वास्थ्यमा जलवायु परिवर्तनको असर, नेपालमा दिगो स्वास्थ्यको लागि जीवनशैलीको परिदृश्य र पुर्नमुल्यांकनको आवश्यकता कति र बहसमा नेपालको चिकित्सा शिक्षा गरी ३ वटा विषयमा विज्ञहरूसँग छलफल हुनेछ । सम्मेलनको दोस्रो दिन नागरिकको चासोको विषय स्वास्थ्य व्यवसाय वा सेवा, यस्तै सरकारले सबैको स्वास्थ्यमा पहुँच विस्तार गर्ने उद्देश्यले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमको चुनौती र अवसरका विषयमा छलफल हुने त्रिकल प्रोडक्सनले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा सुरु हुने उद्घाटन सत्रमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायदेखि आम चासोलाई समेट्ने सरकारी तथा गैरसरकरी निकायको सहभागिता रहने छ । सम्मेलनका अवसरमा विभिन्न विषयगत छलफल र त्यसपश्चात उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवसँग देशको स्वास्थ्य अवस्था र मन्त्रालयको योजनाका साथै सम्मेलनमा उठेका महत्त्वपूर्ण प्रश्नको जवाफसहितको अन्तर्वार्ता समेत हुनेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप