अस्ट्रेलियाको संसद्मा बलात्कार प्रकरण : युवतीको दाबी सत्य साबित

सिड्नी । अस्ट्रेलियाको संसदभित्र आफू बलात्कारमा परेको युवतीको दाबी तीन वर्षपछि सत्य साबित भएको छ । अस्ट्रेलियाको संसद भवनभित्र एक कर्मचारीले आफूलाई बलात्कार गरेको ब्रिटनी हिगिन्सले बताएकी थिइन् । आरोपी ब्रुस लेहर्म्यानले यो आरोप अस्वीकार गरेका थिए । यस मामिलामा हिगिन्सले अन्तरवार्ता दिएको टिभी च्यानल नेटवर्क १० विरुद्ध लेहम्र्यानले मुद्दा हालेका थिए ।
टिभी च्यानलले यो घटना सत्य भएको भन्दै अन्तरवार्ताको बचाउ गरेको थियो । संसद् भवनभित्र बलात्कारको घटनाले सारा विश्वमा हलचल ल्याएको थियो । अस्ट्रेलियाका आम जनतामा एक खाले क्रोध देखिएको थियो । सोमबारको सुनवाइमा सङ्घीय अदालतका न्यायाधीश माइकल लिले हिगिन्सको पक्षमा फैसला सुनाएका छन् ।
लेहर्म्यानले हिगिन्समाथि बलात्कार गरेको अनि झुटो बोलेको ठहर गरिएको छ । सन् २०१९ मा मन्त्रीको कार्यालयमा आफ्नै सहकर्मीले हिगिन्समाथि बलात्कार गरेका थिए । तर लेहर्म्यानले दुवैले राति क्यानबेरामा साथै बसेर रक्सी पिएपछि एउटै यूबरमा कार्यालय आएको अनि छुट्टिएको बताउँदै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्थागत सुत्केरीको सङ्ख्या बढाउन नगरपालिकाको ‘कोसेली’
-
९७ वर्षमा लालुदेवीले पाइन् नागरिकता
-
भारतले कच्चा तेलमा भन्सार शुल्क घटायो, नेपालमा कस्तो पर्ला असर ?
-
कन्याम–पञ्चकन्या खानेपानी योजनाको काम चाँडो सम्पन्न नगरे ठेक्का रद्द गर्छौँ : मन्त्री यादव
-
रहेनन् कलाकार घनश्याम गौतम
-
बुटवल–गोरुसिङ्गे सडक विस्तार : शिलान्यास भएको ४ महिनामा ९ प्रतिशत भौतिक प्रगति