मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
भूराजनीति

कति पुरानो हो इरान र इजरायलको दुस्मनी ?

मङ्गलबार, ०४ वैशाख २०८१, ०९ : ११
मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ । इरानले गएको शनिबार राति इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण गर्‍यो । यो आक्रमणपछि पश्चिम एसियामा तनाव चर्किएको छ । हमला शनिबार भएको इरानको रिभोलुसनरी गार्डलाई उद्धृत गर्दै इरानको सरकारी सञ्चारमाध्यमले बताएका छन् । इरानी रिभोलुसनरी गार्ड इरानको सशस्त्र सुरक्षा बलको एक एकाइ हो ।

यस आक्रमणको सामना गर्न रक्षात्मक प्रणाली तैनाथ गरिएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मन्त्रिपरिषद्को बैठकमा बताएका थिए । अप्रिल १ मा दमास्कसस्थित इरानी महावाणिज्य दूतावासमा एउटा हमला भयो । जसमा इरानका दुई वरिष्ठ सैन्य कमाण्डर मारिए । यो हमला इजरायलले गरेको आरोप इरानको छ । इजरायलले यो आरोपको पुस्टी वा खण्डन केही पनि गरेको छैन । सो आक्रमणको जवाफी कारबाही गर्ने चेतावनी इरानले  पहिला नै दिएको थियो ।

पछिल्ला केही दिन यता इरानले जवाफी कारबाही गर्ने अपेक्षा बढेको थियो । ढिलो चाँडो इरानले आक्रमण गर्न सक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार भनेपछि आक्रमणको अनुमान बढेको थियो । इरान र इजरायलबीच यो नयाँ झगडा होइन । पुरानो झगडाको नयाँ शृङ्खला मात्रै हो । वर्षौदेखि इजरायल र इरानबिच रक्तपातपूर्ण द्वन्द्व चल्दै आएको छ । भूराजनीतिक परिस्थिति अनुसार द्वन्द्व चर्किने र केही मत्थर हुने गरेको देखिन्छ । दुई देशबिचको शत्रुतापूर्ण सम्बन्ध मध्यपूर्वमा अस्थिरताको मुख्य कारक मध्ये एक नै बनिसकेको छ ।

इरानको लागि इजरायललाई अस्तित्वमा रहने कुनै अधिकार छैन । मध्यपूर्वमा इजरायल अमेरिकाको सहयोगी हो । इरानी शासकहरूले इजरायललाई ‘सानो शैतान’ ठान्छन् । अमेरिका र इजरायल यस क्षेत्रबाट गायब होस् भन्ने चाहना इरानको छ ।

चरमपन्थी समूहहरूलाई आर्थिक सहयोग गरेको र आयातुल्लाको यहूदी विरोधी भावनाबाट प्रेरित भएर आफ्नो हित विरुद्ध आक्रमण गरेको आरोप इजरायलले इरानमाथि लगाउँदै आएको छ । यी दुई कट्टर शत्रुहरू बिचको प्रतिस्पर्धामा ठुलो सङ्ख्यामा मानिसहरूले ज्यान गुमाइरहेका छन् । दुवै देशले लुकी छिपी एक अर्कामाथि हमला गरिरहेका छन् । तर यसको जिम्मेवारी कुनै पनि सरकारले लिँदैनन् । गाजामा जारी युद्ध मध्य पूर्वको अवस्था झनै नाजुक बनाइदिएको छ ।

21189e80-fa85-11ee-a9f7-4d961743aa47

कसरी सुरु भयो इरान र इजरायलबिचको दुस्मनी ?

सन् १९७९ सम्म इजरायल र इरानको सम्बन्ध निकै सुमधुर थियो । त्यस समयमा, आयोतुल्ला खोमेनीको इस्लामिक क्रान्तिले तेहरानमा सत्ता हासिल गर्‍यो । तर यसले सन् १९४८ मा इजरायल राज्यको स्थापना गर्ने गरी भएको प्यालेस्टाइन विभाजन योजनाको विरोध गर्‍यो । इजरायललाई मान्यता दिने इजिप्टपछि इरान दोस्रो इस्लामिक देश थियो । त्यतिबेला इरानमा पहलवी वंशका शाहहरूले शासन गरेको राजतन्त्र थियो । उनी मध्यपूर्वमा अमेरिकाका प्रमुख सहयोगीमध्ये एक थिए ।

तर सन् १९७९ मा अयातोल्लाह खोमेनीको क्रान्तिले शाहलाई अपदस्थ गरी इस्लामिक गणतन्त्र लागू गर्‍यो । उनले आफूलाई पीडितको संरक्षकको रूपमा प्रस्तुत गरे । अमेरिका र उसको सहयोगी इजरायलको साम्राज्यवादलाई अस्वीकार गर्नु उनको मुख्य परिचय थियो ।

64b3f120-fa86-11ee-a9f7-4d961743aa47

अयातोल्लाहको सरकारले इजरायलसँग सम्बन्ध तोडिदियो । इजरायली नागरिकहरूको राहदानीको वैधता मान्नै छाडिदियो र तेहरानमा रहेको इजरायली दूतावासलाई जफत गरी प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन पीएलओलाई हस्तान्तरण गरिदियो । त्यतिबेला छुट्टै प्यालेस्टाइन राज्यका लागि इजरायलविरुद्ध लडाइको नेतृत्व पीएलएले गरिरहेको थियो ।

कुनै समय मित्र थिए इरान–इजरायल

इजरायलप्रति शत्रुता नयाँ इरानी सरकारको आधार भएको विश्लेषण गर्ने संस्था अन्तर्राष्ट्रिय क्राइसिस ग्रुप सेन्टरमा इरानी कार्यक्रम निर्देशक अली वेजले बीबीसीसँगको कुराकानीमा भनेका छन् । यसका कयौँ नेताहरूले लेबनानलगायत ठाउँमा प्यालेस्टिनीहरूसँग छापामार युद्धमा तालिम र भाग लिएका थिए । उनीहरूको मनमा प्यालेष्टाइनीहरूप्रति धेरै सहानुभूति थियो ।

87c6abd0-fa86-11ee-8369-47dc4454b972

प्यालेस्टिनी मुद्दालाई अरब मुस्लिम देशहरूले छोडिसकेका थिए । तर आफूलाई इस्लामिक शक्तिका रूपमा प्रस्तुत गर्न चाहने नयाँ इरानल यसलाई इजरायल विरुद्ध मुद्दाको रुपमा उठायो । यसरी खोमेनीले प्यालेस्टिनी मुद्दामा आफ्नो दावी गर्न थाले । यसपछि तेहरानमा प्यालेस्टाइन समर्थकको ठूल्ठूला प्रदर्शनहरू सामान्य भए । यी समर्थनहरूलाई सरकारको पनि समर्थन थियो । इजरायलमा इरान विरुद्ध शत्रुता सन् १९९० को दशकसम्म सुरु नभएको वेज बताउँछन् । त्यस समयमा सद्दाम हुसैनको इराकलाई ठुलो खतरा मानिन्थ्यो ।

इरान–कन्ट्रालाई सम्भव गराउने मध्यस्थकर्तामध्ये इजरायली सरकार पनि एउटा थियो । छिमेकी इराकविरुद्ध सुरु गरिएको युद्धमा प्रयोग गर्नका लागि अमेरिकाले इरानलाई हतियार समेत उपलब्ध गराउने गोप्य कार्यक्रम थियो इरान–कन्ट्रा । तर समय बित्दै जाँदा इजरायलले इरानलाई आफ्नो अस्तित्वको लागि खतराहरूमध्ये एकको रूपमा हेर्न थाल्यो ।

इजरायल–इरानको छाया युद्ध

इरानले अर्को प्रमुख क्षेत्रीय शक्ति साउदी अरेबियाको पनि सामना गर्नुपरेको वेज बताउँछन् । इरानमा धेरैजसो फारसी र शिया छन् ।  अरब जगतमा धेरै सुन्नी छन् । यसको महसुस इरानको सरकारलाई हुन थाल्यो । शत्रुले एक दिन आक्रमण गर्न थाल्छ भन्ने उसको मनमा आउन थाल्यो । हमलालाई रोक्ने उद्देश्यले उनले रणनीति बनाएर काम गर्न थाल्यो ।

bb446f10-fa86-11ee-97f7-e98b193ef1b8

यसपछि इरानसँग गठबन्धन गर्ने सङ्गठनहरूको एउटा सञ्जाल बनाइयो । यी सङ्गठनहरूले आफ्नो हितअनुसार सशस्त्र कारबाही गरे । अमेरिका र युरोपेली सङ्घ (ईयू)ले आतंकवादी घोषित गरेको लेबनानको हिजबुल्लाह यो सञ्जलाको सबैभन्दा प्रमुख संगठन हो । आज इरानको ‘एक्सिस अफ रेजिस्टेन्स’ लेबनान, सिरिया, इराक र यमनसम्म फैलिएको छ ।

इजरायल पनि चुपचाप बसिरहेन । उसले इरान र उसका सहयोगीहरूमाथि आक्रमण गर्‍यो । यी आक्रमणहरू प्रायः इरानले सशस्त्र समूहहरूलाई आर्थिक सहयोग गरेको वा समर्थन गरेको तेस्रो देशहरूमा भएका छन् । इरान–इजरायलबीचको द्वन्द्वलाई छाया युद्ध भनिएको छ । दुवै देशले धेरैजसो घटनामा आधिकारिक रूपमा आफ्नो भूमिकालाई स्वीकार नगरी एकअर्कालाई आक्रमण गरेका छन् । इरानसँग सम्बन्धित इस्लामिक जिहाद समूहले ब्यूनस आयर्सस्थित इजरायली दूतावासमा विस्फोट गरायो । यस घटनामा २९ जनाको मृत्यु भएको थियो । केही समयअघि हिजबुल्लाह नेता अब्बास अल मुसावीको हत्या भयो । यो आक्रमणको जिम्मेवार इजरायलको गुप्तचर एजेन्सीलाई मानिएको थियो ।

इरानको आणविक कार्यक्रम

इरानको आणविक कार्यक्रमलाई रोक्नु र उसलाई आणविक हतियार सम्पन्न हुन नदिनु इजरायलको लक्ष्य हो । आणविक कार्यक्रम नागरिक उद्देश्यका लागि मात्र हो भन्ने इरानको तर्कलाई इजरायल मान्दैन । इजरायलले अमेरिकासँगको सहकार्यमा स्टक्सनेट कम्प्युटर भाइरस विकास गरेको मानिन्छ । यो शताब्दीको पहिलो दशकमा यो भाइरसले इरानी आणविक केन्द्रहरूमा ठुलो क्षति पुर्‍याएको थियो ।

d855d710-fa86-11ee-a9f7-4d961743aa47

आफ्नो आणविक कार्यक्रमको जिम्मेवारसहित केही प्रमुख वैज्ञानिकहरूमाथि भएको हमलाको लागि इरानले इजरायललाई जिम्मेवार मानेको छ । यी मध्ये सबैभन्दा उल्लेखनीय सन् २०२० मा मोहसेन फखरीजादेहको हत्या थियो । तर इजरायली सरकारले इरानी वैज्ञानिकको हत्यामा आफ्नो संलग्नता कहिल्यै स्वीकार गरेको छैन । पश्चिमी सहयोगीहरूसँग मिलेर इजरायलले इरानमाथि ड्रोन र रकेट आक्रमण गर्नुको साथै आफ्नो भूमिमा साइबर आक्रमण गरेको आरोप पनि इरानले लगाउँदै आएको छ ।

सन् २०११ मा सिरियामा सुरु भएको गृहयुद्ध दुई देशबिच द्वन्द्वको अर्को कारण बन्यो । सिरियाका राष्ट्रपति बसर अल–असदलाई हटाउन खोजिरहेका विद्रोहीहरूलाई दबाउन इरानले सिरियामा पैसा, हतियार र प्रशिक्षक पठाएको थियो । यसले इजरायलमा खतराको घण्टी बज्यो । सिरिया भएर इरानले लेबनानमा हिजबुल्लाहलाई हतियार र उपकरण पठाउने गरेको इजरायलको मान्यता छ । अमेरिकी गुप्तचर पोर्टल स्ट्र्याटफोरका अनुसार इजरायल र इरान दुवैले विभिन्न समयमा सिरियामा कारबाही गरेका थिए । यी आक्रमणको उद्देश्य एकअर्कालाई व्यापक स्तरमा हमला गर्नबाट रोक्नु थियो ।

0a0a5690-fa88-11ee-8369-47dc4454b972

सन् २०२१ सम्ममा यो छाया युद्ध समुद्रसम्म पुग्यो । उक्त वर्ष इजरायलले ओमानको खाडीमा इजरायली जहाजहरूमाथि भएको आक्रमणको दोष इरानमाथि लगायो । सोही समयमा इरानले भने लाल सागरमा आफ्ना जहाजहरूमा आक्रमण गरेको आरोप इजरायलमाथि लगाएको थियो ।

इजरायलमाथि हमासको आक्रमण

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्‍यो । यसको जवाफमा इजरायली सेनाले गाजामा कारबाही सुरु गर्‍यो । यस लडाइले पश्चिम एसियामा जवाफी कारबाही भड्काउन सक्ने चिन्ता विश्वभरका विश्लेषक र सरकारहरूले व्यक्त गरेका छन् । इरान र इजरायलबीच प्रत्यक्ष द्वन्द्व हुने डर पनि थियो । हालैका महिनाहरूमा लेबनानको सीमामा इजरायली सेना र हिजबुल्लाहसँग जोडिएको कथित मिलिशियाहरू बिच झडप बढेको छ । पश्चिमी भेगमा प्यालेस्टिनी प्रदर्शनकारीसँग झडप पनि भइरहेका छन् ।

154a64b0-fa87-11ee-8369-47dc4454b972

गएको शनिबारसम्म इरान र इजरायल दुवैले आफ्नो शत्रुता बढाउन र व्यापक स्तरमा लडाइँ गर्न हिच्किरहेका थिए । इरानले ड्रोन र मिसाइल प्रहार गरेपछि स्थिति फेरिएको छ । ठुलो द्वन्द्व कोही चाहँदैनन् । तर विडम्बना गाजामा हमास विरुद्ध छ महिनादेखि युद्ध चलिरहेको छ । यसले अन्तर्राष्ट्रिय मञ्चमा इजरायलको प्रतिष्ठामा निकै नकारात्मक असर पारेको अनि उसलाई पहिले भन्दा झन् एक्लो बनाएको वेज बताउँछन् । हमास सशस्त्र समूह हो भने इरान देश हो । हमासको तुलनामा इरान निकै शक्तिशाली छ ।

दमास्कसस्थित इरानको वाणिज्य दूतावासमा भएको आक्रमणमा १३ जनाको मृत्यु भएको थियो । यसमा रिभोलुसनरी गार्ड जनरल मोहम्मद रेजा जाहेदी र उनका डेपुटी हादी हाजरियाहिमी जस्ता केही वरिष्ठ कमाण्डरहरू मारिए । यो आक्रमणले इरानलाई निकै क्षति भयो । यस हमलापछि इरानको विदेश मन्त्रालयले जवाफी कारबाही गर्ने वाचा गरेको थियो । सप्ताहन्तको हमलाई दुई देशबिचको शत्रुतापूर्ण सम्बन्धको नयाँ शृङ्खला मात्रै हो । दुई देशबिचको लामो समयदेखिको शत्रुतापूर्ण व्यवहारमा यो पक्कै पनि अन्तिम आक्रमण नहुने विश्लेषणहरू आइरहेका छन् ।

बीबीसी हिन्दीबाट साभार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप