छोरी सुहानाका लागि शाहरुखको दुईसय करोड लगानी
मुम्बई । अभिनेता शाहरुख खान यतिबेला सुजोय घोषको एक्सन फिल्म ‘किंग’को काम गरिरहेका छन् । फिल्मबाट उनकी छोरी सुहाना खान ठुलो पर्दामा ‘डेब्यू’ गर्ने तयारीमा छिन् ।
फिल्मलाई शाहरुखले आफ्नो ब्यानर रेड चिलिज इन्टरटेनमेन्टमार्फत बनाउँदैछन् । हाल प्रि–प्रोडक्सन चरणमा रहेको फिल्ममा शाहरुखले दुईसय करोड लगानी गर्दैछन् ।
फिल्मका लागि शाहरुखको टिम एक वर्षयता गृहकार्य गरिरहेको छ । छोरीको डेब्यू हुने भएपछि शाहरुखले फिल्मलाई ठुलो स्केलमा बनाउनका लागि कुनै कसर बाँकी राखेका छैनन् । फिल्मसँग जोडिएका निर्माता तथा निर्देशक सिद्धार्थ आनन्द केही अन्तर्राष्ट्रिय स्टन्ट निर्देशकलाई फिल्ममा जोड्न लागिपरेका छन् ।
सिद्धार्थ र शाहरुख एकसाथ मिलेर फिल्मलाई ग्लोबल एक्सन थ्रिलर बनाउने तयारीमा छन् । त्यहीकारण उनीहरू अन्तर्राष्ट्रिय स्टन्ट विज्ञसँग फिल्मका लागि स्टन्ट डिजाइन गरिरहेका छन् । उनीहरू भीएफएक्सका माध्यमबाट फिल्मलाई रियल टच दिन चाहिरहेका छन् ।
फिल्म ‘किंग’को सुटिङ यसै वर्षको मेमा सुरु हुँदैछ । निर्माताहरू यसै वर्षको ६ महिना सुटिङ गरेर आगामी वर्षको ६ महिनामा यसलाई दर्शकमाझ ल्याउने योजनामा छन् ।
सुहानाले गत वर्ष नेटफ्लिक्समा रिलिज फिल्म ‘द आर्चिज’बाट ओटीटी डेब्यू गरेकी थिइन् । फिल्ममा उनले वेरोनिकाको भूमिका निभाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण