बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

बालकुमारी–ग्वार्को सडक ६ देखि ११ गतेसम्म रातको समयमा पूर्ण बन्द गर्ने निर्णय

बुधबार, ०५ वैशाख २०८१, २१ : ००
बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ ।  ललितपुरको बालकुमारी–ग्वार्को सड्क ६ दिन पूर्ण रुपमा बन्द हुने भएको छ । जिल्ला सुरक्षा समितिले वैशाख ६ देखि ११ गतेसम्म रातिको समयमा पूर्ण रुपमा सड्क बन्द गर्ने निर्णय गरेको ललितपुरका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए ।

सो सडकमा राति १० बजेदेखि ४ बजेसम्म सवारी साधन र पैदल यात्रीलाई हिँड्न पनि निषेध गरिएको छ । फ्लाई ओभर निर्माणका लागि सड्क बन्द गर्ने निर्णय गरिएको एसएसपी खनालले जानकारी दिए । उनले भने– ‘क्रेनको सहयोगमा फ्लाइ ओभरको ब्लक जडान गर्नुपर्ने भनेर निर्माण कम्पनीले गरेको आग्रह अनुसार सो निर्णय गरिएको हो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप