मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान

बुधबार, ०५ वैशाख २०८१, २३ : १४
बुधबार, ०५ वैशाख २०८१

दोलखा । पूर्व सुरक्षाकर्मी परिषद् दोलखा बिस्तारका लागि बृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पूर्व सुरक्षाकर्मी परिषद् नेपालका केन्द्रीय सदस्य तथा दोलखा परिषद्का अध्यक्ष शङ्कर बजगाईँको नेतृत्वमा जिल्ला परिषद् बिस्तारका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

पूर्वसुरक्षाकर्मी परिषद् नेपालको देशैभर सङ्गठन बिस्तार गर्ने योजनाअनुरूप  २०८० चैत्र २५ गते देखि २०८१ वैशाख २ गतेसम्म दोलखा जिल्लामा स्थायी बसोबास भई विभिन्न ठाउँमा बसोबास गरेका नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, भारतीय सेना, ब्रिटिस सेना, गोर्खा सेना लगायतका पूर्व सुरक्षाकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरी दोलखा जिल्ला परिषद् बिस्तारको कार्य अगाडि बढाइएको बजगाईँले जानकारी दिए ।

अध्यक्ष बजगाईँले दोलखाका प्रजिअ टुवराज पोखरेल, तारादल गणका गणपति सञ्जीव सिंह सिजापति, सशस्त्र प्रहरी बलका प्रनाउ द्वारिका  केसी, दोलखा प्रहरी प्रमुख (प्रनाउ) युवराज  खड्का, राष्ट्रिय अनुसन्धान विभाग दोलखाका प्रमुख अनुसन्धान अधिकृत (प्रनाउ) धर्मकान्त चौधरी, पत्रकार महासङ्घ दोलखाका अध्यक्ष दिपशंकर चौंलागाई लगायत सरोकारवाला निकाय र सम्बन्धित व्यक्तिहरूसँग छलफल भएको बताए ।

उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पूर्व सुरक्षाकर्मीहरूलाई एकजुट गराई देश र जनतालाई आवश्यक परेको समयमा सहयोग पुर्‍याउने उद्देश्यले परिषद्को स्थापना भएको बताए । विपद् व्यवस्थापन, दैवी प्रकोप, बाढी पहिरो, आगलागी जस्ता विपद् र प्राकृतिक प्रकोपमा समेत परिषद्मा रहेका पूर्व सुरक्षाकर्मीहरूले सहयोग गर्ने बताए । 

उनले भने, ‘पूर्व सुरक्षाकर्मी परिषद् नेपालको देशैभर तीव्र रूपमा सङ्गठन विस्तार गरिएकोले सबै निकायका पूर्व सुरक्षाकर्मीलाई यस साझा संस्थामा आबद्ध भई आफ्नो अमूल्य साथ, समय र सुझाव दिई परिषद्लाई सहयोग गरी दिन आग्रह गर्दछु ।’

सङ्गठन बिस्तारकै क्रममा परिषद्का आजीवन सदस्यद्धय दिलकुमार घिमिरे र हरिबहादुर आँपगाइको नेतृत्वमा दोलखाको जिरी नगरपालिका तथा तामाकोशी गाउँपालिकामा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप