भिक्षु बन्न ३ करोड ४० लाख डलरको सम्पत्ति दान दिँदै भारतीय दम्पती
नयाँ दिल्ली । भारतको गुजरात राज्यमा एक धनाढ्य दम्पतीले जैन भिक्षु बन्न आफ्नो सारा सम्पत्ति दानमा दिने भएका छन् । भावेश भण्डारी र उनकी पत्नीले निर्माण व्यवसायबाट करिब २ अर्ब भारु (२ करोड ४० लाख डलर)को सम्पत्ति जोडेका थिए । अन्य धनाढ्यजस्तै यी दम्पतीले पनि विलासी जीवन जिउँदै आएका थिए ।
सन् २०२२ को अप्रिल २२ मा दम्पतीको १६ वर्षीय छोरा र १९ वर्षकी छोरी पनि भिक्षु बने । छोरा र छोरीको कदमलाई पछ्याउँदै हालै यो दम्पतीले सबै सम्पत्ति दान दिएर जैन भिक्षु बन्ने निर्णय गरेका छन् । भण्डारी दम्पतीले संयम जीवन अपनाउने वाचा पनि गरिसकेका छन् । फेब्रुअरीमा यो जोडीले एउटा रथमा चढेर आफूसँग भएको पैसा देखि मोबाइल र एसीसम्म सबै चिज सहरभरि बाँड्दै हिँडेका थिए ।
भारतमा यस्तो खालको घोषणा नयाँ होइन । सन् २०१७ मा मध्य प्रदेशमा एक जोडीले १ अर्ब भारु दान गर्दै तीन वर्षीय छोरीलाई छाडेर भिक्षु बनेका थिए । गएको वर्ष एक हिरा व्यापारी र उनको श्रीमतीले पनि सारा सम्पत्ति छाडेर जैन तपस्वी बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण