बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

सुरक्षा माग्दै रामहरि श्रेष्ठकी पत्नीले भेटिन् गृहमन्त्रीलाई

बिहीबार, ०६ वैशाख २०८१, १७ : ०३
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ । स्वर्गीय रामहरि श्रेष्ठकी पत्नी रमिला श्रेष्ठले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग भेट गरेकी छन् । नेकपा (माओवादी केन्द्र) का नेता कालीबहादुर खाम मगर पक्राउ परेपछि आफूमाथि थ्रेट आएको भन्दै श्रेष्ठले गृहमन्त्रीसँग सुरक्षा मागेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । 

रामहरि श्रेष्ठको हत्या आरोपी खामलाई घटना भएको १६ वर्षपछि प्रहरीले पक्राउ गरेको थियो । खाम अहिले पुर्पक्षका लागी जिल्ला कारागार चितवनमा थुनामा छन् ।  भेटमा सुरक्षा व्यवस्थापन गरिने प्रतिबद्धता जनाउँदै गृहमन्त्री लामिछानेले मन्त्रालयमा निवेदन पेस गर्न आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप