प्रधान सेनापतिद्वारा सैनिक फिल्ड अस्पताल तथा सैनिक महाविद्यालयको उद्घाटन
काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले बिहीबार बुटवलमा निर्माण भएको सैनिक फिल्ड अस्पताल, सैनिक आवासीय महाविद्यालय र आपत्कालीन रिकभरी डाटा सेन्टरको उद्घाटन गरेका छन् ।
सैनिक कल्याणकारी कोषको लगानीमा देशका सात वटै प्रदेशहरूमा सैनिक महाविद्यालय तथा सैनिक अस्पतालहरू निर्माण गर्ने नेपाली सेनाको लक्ष्य अनुरूप लुम्बिनी प्रदेश अन्तरगत बुटवलमा २५ शय्याको सैनिक फिल्ड अस्पताल तथा शैक्षिक सत्र २०८१ बाट कक्षा ६, ७ र ८ सम्मको अध्यापनको सुरुवात गर्ने गरी सैनिक महाविद्यालयको निर्माण गरिएको हो । त्यसै गरी, नेपाली सेनामा हाल प्रचलनमा रहेको डिजिटाइजेसनका महत्त्वपूर्ण दस्ताबेजहरूको आपत्कालीन रिकभरीको लागि डाटा सेन्टरको निर्माण गरिएको छ ।
नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिक तथा आश्रित हिताधिकारीहरुलाई शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच आफू बसोबास गर्ने प्रदेशमा नै प्रदान गर्ने बृहत् सैनिक कल्याणकारी कार्यक्रम अन्तरगत उक्त सैनिक महाविद्यालय तथा सैनिक फिल्ड अस्पतालको निर्माण भएको नेपाली सेनाले जानकारी दिएको छ । यससँगै देशको सातवटै प्रदेशमा सैनिक महाविद्यालय सञ्चालन भएका छन् ।
सैनिक कल्याणकारी कोषबाट सञ्चालित महाविद्यालयहरूमा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सकलदर्जाका सन्ततिहरू ६० प्रतिशत र गैर सैनिकका सन्ततिहरू ४० प्रतिशतले गुणस्तरीय शिक्षा लिने अवसर प्राप्त गर्दै आएका छन् । उद्घाटन समारोहमा बुटवल उप महानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको प्रवासबाट कसले कति पाए मत ?
-
कृषि क्षेत्रका लागि कसरी ‘सञ्जीवनी बुटी’ बन्यो सहकारी ?
-
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)
-
रास्वपाकाे सहमहामन्त्रीमा काे–काे भए निर्वाचित ? (सूचीसहित)
-
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित
-
मधेसमा आँप खेतीकाे क्षेत्रफल बढे पनि उत्पादन घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण