बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा लोकसभा निर्वाचन : मणिपुरमा गोलाबारी, बंगालमा हिंसा

शुक्रबार, ०७ वैशाख २०८१, १६ : १२
शुक्रबार, ०७ वैशाख २०८१

नयाँ दिल्ली । भारतमा आजदेखि लोकसभाको मतदान सुरु भएको छ । पहिलो चरणमा २१ राज्य र केन्द्र शासित प्रदेशका १०२ सिटमा मतदान भइरहेको छ । सिटको हिसाबले यो सबैभन्दा ठुलो चरण हो । यसैबिच मणिपुरको विष्णुपुर जिल्लाको थमनपोकपीमा रहेको मतदान केन्द्रमा गोली चलेको छ । मतदानका क्रममा मणिपुरको विष्णुपुरमा गोलाबारी भएको बताइएको छ ।

बङ्गालको कुचबिहारमा हिंसा भएको छ भने छत्तिसगढको बिजापुरमा ग्रेनेड विस्फोट भएको छ । विस्फोटमा एक सहायक कमाण्डेन्ट र एक सैनिक घाइते भएका छन् । भोटर टर्नआउट एपका अनुसार दिउँसो १ बजेसम्म सबैभन्दा बढी मतदान त्रिपुरामा ६८ दशमलव ३५  प्रतिशत थियो । सबैभन्दा कम मतदान बिहारमा ३९ दशमलव ७३ प्रतिशत मत खसेको छ । २१ राज्यमा औसत मतदान ५३ प्रतिशत छ ।

सन् २०१९ मा यी १०२ लोकसभा सिटहरूमध्ये बीजेपीले ४०, डीएमकेले २४ र कांग्रेसले १५ सिट जितेको थियो । अन्य दलले २३ सिट पाएका थिए । यो चरणमा अधिकांश सिटका लागि यी तीन दलबिच प्रतिस्पर्धा छ । पहिलो चरणमा १ हजार ६ सय २५ उम्मेदवार प्रतिस्पर्धा गर्दैछन् । जसमध्ये १ हजार ४९१ पुरुष र १ सय ३४ महिला उम्मेदवार छन् । यस पटक ८ केन्द्रीय मन्त्री, एक पूर्व मुख्यमन्त्री र एक पूर्व राज्यपाल पनि चुनावी मैदानमा छन् ।

मतदान साँझ ६ बजेसम्म जारी रहनेछ । दोस्रो चरणको मतदान २६ अप्रिलमा हुनेछ । कूल ७ चरणमा ५४३ सिटका लागि १ जुनमा मतदान सकिनेछ । सबै सिटको नतिजा जुन ४ गते आउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप