भारतमा लोकसभा निर्वाचन : मणिपुरमा गोलाबारी, बंगालमा हिंसा
नयाँ दिल्ली । भारतमा आजदेखि लोकसभाको मतदान सुरु भएको छ । पहिलो चरणमा २१ राज्य र केन्द्र शासित प्रदेशका १०२ सिटमा मतदान भइरहेको छ । सिटको हिसाबले यो सबैभन्दा ठुलो चरण हो । यसैबिच मणिपुरको विष्णुपुर जिल्लाको थमनपोकपीमा रहेको मतदान केन्द्रमा गोली चलेको छ । मतदानका क्रममा मणिपुरको विष्णुपुरमा गोलाबारी भएको बताइएको छ ।
बङ्गालको कुचबिहारमा हिंसा भएको छ भने छत्तिसगढको बिजापुरमा ग्रेनेड विस्फोट भएको छ । विस्फोटमा एक सहायक कमाण्डेन्ट र एक सैनिक घाइते भएका छन् । भोटर टर्नआउट एपका अनुसार दिउँसो १ बजेसम्म सबैभन्दा बढी मतदान त्रिपुरामा ६८ दशमलव ३५ प्रतिशत थियो । सबैभन्दा कम मतदान बिहारमा ३९ दशमलव ७३ प्रतिशत मत खसेको छ । २१ राज्यमा औसत मतदान ५३ प्रतिशत छ ।
सन् २०१९ मा यी १०२ लोकसभा सिटहरूमध्ये बीजेपीले ४०, डीएमकेले २४ र कांग्रेसले १५ सिट जितेको थियो । अन्य दलले २३ सिट पाएका थिए । यो चरणमा अधिकांश सिटका लागि यी तीन दलबिच प्रतिस्पर्धा छ । पहिलो चरणमा १ हजार ६ सय २५ उम्मेदवार प्रतिस्पर्धा गर्दैछन् । जसमध्ये १ हजार ४९१ पुरुष र १ सय ३४ महिला उम्मेदवार छन् । यस पटक ८ केन्द्रीय मन्त्री, एक पूर्व मुख्यमन्त्री र एक पूर्व राज्यपाल पनि चुनावी मैदानमा छन् ।
मतदान साँझ ६ बजेसम्म जारी रहनेछ । दोस्रो चरणको मतदान २६ अप्रिलमा हुनेछ । कूल ७ चरणमा ५४३ सिटका लागि १ जुनमा मतदान सकिनेछ । सबै सिटको नतिजा जुन ४ गते आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण