किन गएनन् परिषद् बैठकमा एमाले नेता भीम रावल ?
काठमाडौँ । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक गोदावरीको सनराईज हलमा जारी छ । उक्त बैठकमा देशभरका नेकपा एमालेका महाधिवेशन प्रतिनिधि परिषद् सदस्यहरू, केन्द्रीय कमिटी सदस्यहरू,केन्द्रीय निकायमा मनोनयन गरेका परिषद् सदस्य तथा केन्द्रीय पदाधिकारी गरी २ हजार ५४५ जना सहभागी छन् ।
परिषद् बैठकको पहिलो दिन अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायतले राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेश गरेर समूहगत छलफल जारी छ ।
राष्ट्रिय महाधिवेशन र विधान अधिवेशनपछिको शक्तिशाली कार्यक्रम मानिने परिषद् बैठकमा एमाले नेता भीम रावल भने सहभागी भएनन् । रावल सहभागी नहुनमा अनिच्छा भएर भने होइन । उनलाई कार्यक्रमबारे पार्टी कमिटीले कुनै औपचारिक जानकारी समेत गराएन ।
पार्टी कमिटीले औपचारिक जानकारी नगराएपनि रावल उक्त बैठकमा सहभागी हुन चाहन्थे । त्यसैले उनले गोदावरी बैठकमा सहभागीताका लागि व्यवस्था गरिएको परिचय पत्रबारे सोधखोज गरे । सोधखोजका क्रममा प्रवेशका लागि गरिएको परिचयपत्र नै नबनेको पाएपछि आफू नगएको रावलले रातोपाटीलाई बताए ।
‘प्रवेशका लागि मेरो परिचयपत्र नै बनाइएको रहेनछ । परिचयपत्र नै नबनाएपछि ढोकामा गएर प्रवेशका लागि अनुनय विनय गर्न मैले उचित ठानिनँ’, रावलको भनाइ छ ।
गत २०७८ मङ्सिरमा भएको दसौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा ओलीको इच्छाविपरित रावलले अध्यक्षमा उम्मेदवारी दिएका थिए । त्यसयता अध्यक्ष ओली रावलप्रति सकारात्मक छैनन् । गएको निर्वाचनमा समेत रावललाई जिल्ला र प्रदेशबाट उम्मेदवार सिफारिस हुँदा ओलीली टिकट दिएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण