आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
आयोगको स्पष्टीकरण

लेखा परीक्षण प्रतिवेदन : २१ दललाई निर्वाचन आयोगको स्पष्टीकरण

आइतबार, ०९ वैशाख २०८१, १६ : ५७
आइतबार, ०९ वैशाख २०८१

 काठमाडौँ । निर्वाचन आयोगले समयमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न २१ राजनीतिक दलहरूलाई दलहरूलाई स्पष्टीकरण सोधेको छ । साथै ७ दिनभित्र लेखापरिक्षण बुझाउन र सार्वजनिक गर्न निर्देशन समेत दिएको छ । 

आयोगको आइतबार बसेको बैठकले लेखापरीक्षण नगर्ने र सार्वजनिक नगर्ने ती दलहरूलाई निर्देशन दिएको हो ।  आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूमध्ये आर्थिक वर्ष २०७९–८० को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयावधि ८२ राजनीतिक दलले पेस गरेका थिए । 

यी मध्ये लेखापरीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने बिस राजनीतिक दल र समय व्यतीत भएपश्चात् लेखापरीक्षण प्रतिवेदन पेस गर्ने १३ राजनीतिक दल मध्ये लेखापरीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने १ राजनीतिक दल गरी २१ वटा राजनीतिक दलले लेखापरीक्षण प्रतिवेदन सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आमसञ्चार माध्यम, सामाजिक सञ्जालका माध्यमबाट ७ दिनभित्र सार्वजनिक गरी सार्वजनिक गरेको जानकारी विवरण आयोगमा पेस गर्न निर्देशन दिएको छ । 

आयोगले आर्थिक वर्ष २०७९–८० को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयावधिभित्र बुझाउने तर लेखापरीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने राजनीतिक दलहरूको नामावली पनि सार्वजनिक गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप