अमेरिकामा पनि मनाइयो बिस्का जात्रा
अमेरिका । अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरमा भब्य रुपमा तेस्रो बिस्का जात्रा मनाइएको छ । शनिबार ल्याम्ह अमेरिका गुठीले आयोजना गरेको उक्त कार्यक्रम मनासस शहरको स्प्लाश डाउन वाटर पार्क (उद्यान)मा गरिएको थियो ।
जात्रा सुरु गर्नु अगाडी प्रारम्भमा गणेश देउतालाई पूजा गरिएको थियो । त्यसपछि विविध संस्कृति झल्कने बिभिन्न जातजातिकाका गीत तथा नृत्यहरु प्रस्तुति गरिएको थियो । जात्रा ५ः३० देखि सुरु र करिब डेढ घण्टा चलेको थियो । सिन्दुर जात्रामा सबैले रथ बोकेका थिए ।
उपस्थित सबैले बाजा गाजासहित सिन्दुर यात्रासहित परिक्रमा गरिएको थियो । ६ सय जनाभन्दा बढीको सहभागिता रहेको जात्रासँगै विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो । सिन्दुर जात्रासँगै भर्जिनियामै निर्माण गरेको रथ महिला तथा पुरुषहरुले पालैपालो बोकेका थिए ।

उक्त जात्रामा धिमे नृत्य ,कुमारी नृत्य ,सारंगी फ्युजन (मिश्रित),सांगीतिक प्रस्तुति,पारम्परिक नृत्य लगायत अन्य प्रस्तुति गरिएको थियो । साथै जात्रा उत्सवमा बालबालिकाको मनोरञ्जनको लागि मुखाकृति चित्रकला(फेस पेन्टिंग) कला तथा शिल्पकला तथा चित्रक्रिया (पेन्टिंग) लगायतको आयोजना गरिएको थियो ।
नव वर्षको आगमनसँगै सुरु हुने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्का जात्रा ८ रात ९ दिनसम्म धुमधामसाथ भक्तपुरमा मनाइन्छ भने थिमिमा ३ दिन मनाइन्छ ।
स्थानीय भाषामा बिस्का भनिने यो जात्रालाई अहिले बिस्केट भनेर चिनिन्छ । जात्राको ऐतिहासिक पक्षका सवालको सन्दर्भमा थिमिमा प्राप्त नेपाल संवत् ५०० को तमसुक पत्रमा विश्व केतुलाई सम्झाउने पर्यायका रूपमा बिसिक शब्द उल्लेख भएको बताइएको छ ।
इतिहासकारहरु भने ‘बी’ को अर्थ भएको र पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्ष आगमनको प्रतीक बिस्का भएको बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण