शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा पनि मनाइयो बिस्का जात्रा

आइतबार, ०९ वैशाख २०८१, २२ : ४८
आइतबार, ०९ वैशाख २०८१

अमेरिका । अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरमा भब्य रुपमा तेस्रो बिस्का जात्रा मनाइएको छ । शनिबार ल्याम्ह अमेरिका गुठीले आयोजना गरेको उक्त कार्यक्रम मनासस शहरको स्प्लाश डाउन वाटर पार्क (उद्यान)मा गरिएको थियो ।

जात्रा सुरु गर्नु अगाडी प्रारम्भमा गणेश देउतालाई पूजा गरिएको थियो । त्यसपछि विविध संस्कृति झल्कने बिभिन्न जातजातिकाका गीत तथा नृत्यहरु प्रस्तुति गरिएको थियो । जात्रा ५ः३० देखि सुरु र करिब डेढ घण्टा चलेको थियो । सिन्दुर जात्रामा सबैले रथ बोकेका थिए ।

उपस्थित सबैले बाजा गाजासहित सिन्दुर यात्रासहित परिक्रमा गरिएको थियो । ६ सय जनाभन्दा बढीको सहभागिता रहेको जात्रासँगै विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो । सिन्दुर जात्रासँगै भर्जिनियामै निर्माण गरेको रथ महिला तथा पुरुषहरुले पालैपालो बोकेका थिए । 

manasas 123

उक्त जात्रामा धिमे नृत्य ,कुमारी नृत्य ,सारंगी फ्युजन (मिश्रित),सांगीतिक प्रस्तुति,पारम्परिक नृत्य लगायत अन्य प्रस्तुति गरिएको थियो । साथै जात्रा उत्सवमा बालबालिकाको मनोरञ्जनको लागि मुखाकृति चित्रकला(फेस पेन्टिंग) कला तथा शिल्पकला तथा चित्रक्रिया (पेन्टिंग) लगायतको आयोजना गरिएको थियो ।

नव वर्षको आगमनसँगै सुरु हुने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्का जात्रा ८ रात ९ दिनसम्म धुमधामसाथ भक्तपुरमा मनाइन्छ भने थिमिमा ३  दिन मनाइन्छ । 

स्थानीय भाषामा बिस्का भनिने यो जात्रालाई अहिले बिस्केट भनेर चिनिन्छ । जात्राको ऐतिहासिक पक्षका सवालको सन्दर्भमा थिमिमा प्राप्त नेपाल संवत् ५०० को तमसुक पत्रमा विश्व केतुलाई सम्झाउने पर्यायका रूपमा बिसिक शब्द उल्लेख भएको बताइएको छ ।

इतिहासकारहरु भने ‘बी’ को अर्थ भएको र पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्ष आगमनको प्रतीक बिस्का भएको बताउँछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप