बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

हिरो मोटरसाइकल अब नेपालमै बन्ने

सोमबार, १० वैशाख २०८१, १२ : १६
सोमबार, १० वैशाख २०८१

काठमाडौँ । दुई पाङ्ग्रे सवारी साधनमा विश्वकै उत्कृष्ट मोटरसाइकल तथा स्कुटर उत्पादन कम्पनी हिरोका उत्पादन अब नेपालमा नै तयार हुने भएका छन् । नेपालका लागि हिरोको व्यावसायिक साझेदार सिजी मोटर्सले नेपालमा नै मोटरसाइकल एसेम्बलिङ प्लान्ट स्थापना गर्दै मोटरसाइकल उत्पादन थालनी गरेको हो ।

आइतबार राजधानीमा एक विशेष समारोहको आयोजना गर्दै कम्पनीले नेपालका लागि हिरोको आधिकारिक वितरक सीजी मोटर्स रहेको घोषणा गरेको छ । हिरोसँगको सहकार्यमा कम्पनीले आक्रामक व्यापार विस्तार गर्ने उद्घोष गर्दै सिजी मोटर्सले नेपालको हिरो एसेम्बली प्लान्टको उद्घाटन समेत गरेको छ ।

साथै, हिरो मोटोकर्पले आफ्ना चार विश्वव्यापी लोकप्रिय उत्पादनहरू एक्स पल्स २०० फोभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस र जोमा ११० स्कुटर एकसाथ बजारमा ल्याएको छ । अब उक्त चार वटा उत्पादनलाई नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा अवस्थित अत्याधुनिक एसेम्बली फ्यसिलिटीमा स्थानीय रूपमै एसेम्बल गरिने कम्पनीले जनाएको छ ।

यस प्लान्टमा प्रति वर्ष ७५ हजार युनिट मोटरसाइकल तथा स्कुटर उत्पादन हुने कम्पनीले जनाएको छ । यस प्लान्टले नवलपरासी क्षेत्रमा नयाँ लगानी ल्याउन र रोजगारीका अवसरहरू सिर्जना गर्नुका साथै सीजी मोटर्सले बढ्दो ग्राहक सङ्ख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स तथा सर्भिस सेन्टरको नेटवर्क द्रुत रूपमा विस्तार गर्ने समेत प्रतिबद्धता जनाएको छ ।

सहकार्यको बारेमा आफ्नो धारणा राख्दै, हिरो मोटोकर्पको ग्लोबल बिजनेस युनिटका चिफ बिजनेस अफिसर सञ्जय भानले भने, ‘नवीनता र प्रविधि आफ्नो मूल मन्त्रका साथ, हिरो मोटोकर्प विश्वभरका आफ्ना ग्राहकहरूलाई विश्वस्तरीय उत्पादनहरू र अनुभवहरू प्रदान गर्न प्रतिबद्ध छ । यस सहकार्य हिरो मोटोकर्प, सीजी मोटर्स र नेपालका लागि उत्साहजनक क्षण हो । यस अत्याधुनिक एसेम्बली युनिटले हाम्रा विश्वस्तरीय उत्पादनहरू अब नेपालमा नै बनाइने र देशभरका ग्राहकहरूका लागि सजिलै उपलब्ध हुने सुनिश्चित गर्नेछ ।’

सेल्स र सर्भिस नेटवर्कको द्रुत विस्तारले विश्वस्तरीय उत्पादनहरू र सेवाहरूसँग बजार जोड्न सक्षम बनाउने बताउँदै कम्पनीले दुई पाङ्ग्रे बजारलाई थप सिजीको दरिलो उपस्थिति रहने बताएको छ । 

‘सीजी मोटर्सका लागि यो एकदमै विशेष क्षण हो । हामी हाम्रो एसेम्बली सुविधाको उद्घाटन गर्न र यी नयाँ उत्पादनहरू लन्च गर्न पाउँदा उत्साहित छौँ । हिरो मोटोकर्पको उत्पादन तथा व्यापार प्रक्रियाका विश्व स्तरीय दक्षता हाम्रो सञ्चालन विस्तार गर्नका लागि हामीलाई धेरै लाभदायक हुनेछ । अब हामी देशभर एक बलियो बजार उपस्थिति निर्माण गर्न तत्पर हुनेछौँ’ चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप