सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

स्वदेशमै रोजगारी सिर्जना गर्न घरेलु तथा साना उद्योग स्थापना आवश्यक : मन्त्री अर्याल

बुधबार, २६ वैशाख २०८१, १५ : २०
बुधबार, २६ वैशाख २०८१

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले स्वदेशमै रोजगारी सिर्जनाको लागि लघु, घरेलु तथा साना उद्योग स्थापना आवश्यक भएको बताएका छन् । बुधबार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

मन्त्री अर्यालले हरेक दिन विमानस्थलबाट विदेश पलायन भइरहेका फोटोहरू सामाजिक सञ्जालमा देख्ने अवस्था अन्त्यको लागि मुलुकभित्रै रोजगारी सिर्जना आवश्यक रहेको बताए । उनले सरकारले अब हरेक कार्यक्रम त्यही नीति अनुरूप गर्ने तयारी रहेको बताए । उनले विदेशबाट फर्कने नेपाली नागरिकहरूलाई मुलुकभित्रै स्वरोजगार बनाउनको लागि सीपमूलक क्षेत्रमा काम गर्न नसकिएको स्वीकार गरे । 

मन्त्री अर्यालले सबै प्रदेश र स्थानीय सरकारसँग मिलेर श्रम मन्त्रालयले सातै प्रदेशमा श्रमाधान रोजगार मेला आयोजना गर्ने तयारी गरेको बताए । उनले सरकारको अबको  प्रयास देशमा नै रोजगारी सिर्जना गर्ने रहेको बताए ।

मन्त्री अर्यालले सरकारले सीटीभीटी र सीप विकास प्रशिक्षणमार्फत श्रमिकहरूलाई सीप सिकाउने प्रयास गरेको बताए । उनले नेपाली उत्पादनलाई सरकारी निकायहरूमा प्रयोगमा ल्याउने विषयमा नीतिगत रूपमा व्यवस्था गरिने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप