अबको संसद् बैठकमा कांग्रेसले के गर्छ ?
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बसेर संसद्को बर्खे अधिवेशनमा खेल्ने भूमिकाबारे रणनीति बनाउने भएको छ ।
बिहीबार दिउँसो २ बजे संसद् भवनको ल्होत्से हलमा बस्ने संसदीय दलको बैठकले संसदमा खेल्ने भूमिकाबारे छलफल गर्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
बुधबार सिंहदरबारमा भएको पत्रकार भेटघाटका अवसरमा बोल्दै प्रमुख सचेतक लेखकले बिहीबार दिउँसो २ देखि राती ६–७ बजेसम्म वा शुक्रबारसम्म बैठक बस्ने तयारी रहेको बताए । उनले संसदीय दलको बैठक लामो बनाएर बढी भन्दा बढी सांसदहरूको कुरा सुन्ने र सो बैठकबाट आगामी संसद् बैठकमा कांग्रेसको भूमिकाबारे निर्णय हुने जानकारी दिए ।
उनले कांग्रेस सहकारीको पैसा अपचलनबारे देशैभरिको समग्रतामा छानबिन गरेर जान पनि तयार रहेको र उपप्रधानमन्त्री एवं गृहमन्त्रीमाथि नै प्रश्न उठेपछि उनीमाथि पनि छानबिन गर्नुपर्छ भन्नेमा हामी अडिग रहेको बताए । सरकारले समस्याग्रस्त सम्पूर्ण सहकारीको छानबिनका लागि आएको प्रस्तावमा कांग्रेस सहमत रहेपनि गृहमन्त्रीको विषयमा पनि छानबिन हुनुपर्छ भन्ने कांग्रेसको अडान यथावत् रहेको बताए ।
लेखकले कांग्रेस सांसद टेकबहादुर गुरुङ सर्वोच्चको आदेशले संसदमा आउन लागेपनि उनको बारेमा आगामी दिनमा वैधानिक परीक्षण हुने भएकोले त्यसबारे अहिले नै थप नबोल्ने बताए ।
उनले तत्काल कांग्रेस अघिल्लो पटकको जस्तो छाया सरकार बनाएर जाने तयारीमा नरहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण