सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
पत्रकार भेटघाट

अबको संसद् बैठकमा कांग्रेसले के गर्छ ?

बुधबार, २६ वैशाख २०८१, १५ : ०२
बुधबार, २६ वैशाख २०८१

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बसेर संसद्को बर्खे अधिवेशनमा खेल्ने भूमिकाबारे रणनीति बनाउने भएको छ । 

बिहीबार दिउँसो २ बजे संसद् भवनको ल्होत्से हलमा बस्ने संसदीय दलको बैठकले संसदमा खेल्ने भूमिकाबारे छलफल गर्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 

बुधबार सिंहदरबारमा भएको पत्रकार भेटघाटका अवसरमा बोल्दै प्रमुख सचेतक लेखकले बिहीबार दिउँसो २ देखि राती ६–७ बजेसम्म वा शुक्रबारसम्म  बैठक बस्ने तयारी रहेको बताए ।  उनले संसदीय दलको बैठक लामो बनाएर बढी भन्दा बढी सांसदहरूको कुरा सुन्ने र सो बैठकबाट आगामी संसद् बैठकमा कांग्रेसको भूमिकाबारे निर्णय हुने जानकारी दिए । 

उनले कांग्रेस सहकारीको पैसा अपचलनबारे देशैभरिको समग्रतामा छानबिन गरेर जान पनि तयार रहेको र उपप्रधानमन्त्री एवं गृहमन्त्रीमाथि नै प्रश्न उठेपछि उनीमाथि पनि छानबिन गर्नुपर्छ भन्नेमा हामी अडिग रहेको बताए । सरकारले समस्याग्रस्त सम्पूर्ण सहकारीको छानबिनका लागि आएको प्रस्तावमा कांग्रेस सहमत रहेपनि गृहमन्त्रीको विषयमा पनि छानबिन हुनुपर्छ भन्ने कांग्रेसको अडान यथावत् रहेको बताए । 

लेखकले कांग्रेस सांसद टेकबहादुर गुरुङ सर्वोच्चको आदेशले संसदमा आउन लागेपनि उनको बारेमा आगामी दिनमा वैधानिक परीक्षण हुने भएकोले त्यसबारे अहिले नै थप नबोल्ने बताए । 

उनले तत्काल कांग्रेस अघिल्लो पटकको जस्तो छाया सरकार बनाएर जाने तयारीमा नरहेको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप