सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

फ्यान क्यानको महाधिवेशन सम्पन्न, अध्यक्षमा मानन्धर

सोमबार, १० वैशाख २०८१, १८ : १२
सोमबार, १० वैशाख २०८१

 वीरगन्ज ।   देशभरका फुड सप्लिमेन्ट एवम् कस्मास्यिुटकल्स व्यवसायीहरुको केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । आइतबार सो संस्थाको केन्द्रीय महाधिवेशन सम्पन्न भएको हो ।

साे संस्थाको महाधिवेशनमा ५ सयभन्दा बढीको सहभागिता रहेको थियो । महाधिवेशनको उद्घाटन प्रतिनिधिसभाका माननीय सांसद तथा पूर्व वन तथा वातावरण मन्त्री प्रदीप यादवले गरेका थिए ।  उनले संस्थाका लागि आवश्यक कानुनी जटिलता अन्त्य गर्न आफूले कुनै कसर बाँकी नराख्ने गरी अघि बढ्ने धारणा राखे । कार्यक्रममा खाद्यका निर्देशक डाक्टर मतिना जोशी वैद्यले आफ्नो तहबाट यो संस्थालाई आवश्यक सकारात्मक सहयोग गर्न तत्पर रहेको धारणा राखेकी थिइन् ।

गौरव श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा उद्घाटन समारोहपछि बसेका बन्द सत्रले विगतको कामको समीक्षा गर्दै निर्विरोध नयाँ कार्य समिति समेत गठन गरिएको छ ।

अधिवेशन पुनः सुरेन्द्र मानन्धरलाई अध्यक्षमा चयन गरेको छ । त्यस्तै वरिष्ठ उपाध्यक्ष शम्भु यादव, उपाध्यक्षमा भीम विष्ट, दिपेशजंग शाह महासचिव गौरव श्रेष्ठ, सचिवमा गौरव बर्मा, गोपालबहादुर जिसी, कोषाध्यक्षमा प्रदीप महतो, सह कोषाध्यक्षमा रामदिन तेली र सदस्यहरूमा प्रतीक शाही, वीरेन्द्र पटेल, बिन्देश्वरप्रसाद पाण्डे, बिनायकराज पाण्डे, भुवनप्रसाद जोशी, सुवर्ण पोखरेल चयन भएका छन् । बाँकी दुई सदस्य भनेपछि अध्यक्षले मनोनीत गर्ने जनाइएको छ । 

संघका संस्थापक अध्यक्ष राकेशमणि त्रिपाठीको सभापतित्वमा सम्पन्न भएको उद्घाटन समारोहमा अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नेहरूमा वर्तमान अध्यक्ष सुरेन्द्र मानन्धर डा.मनोज गुप्ता, नेपाल पत्रकार महासंघका प्रदेश महासचिव श्याम बन्जारा, शम्भु यादव, साहिना सिंह, ताजुबुद्दिन अन्सारी, राम गोसाईं लगायत रहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप