सन्दीप र जैसवालको उत्कृष्ट प्रदर्शन, मुम्बईमाथि राजस्थानको शानदार जीत
राजस्थान । इन्डियन प्रिमियर लिग (आईपीएल) को ३८ औँ खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत गरेको १ सय ८० रनको लक्ष्य राजस्थानले ८ बल बाँकी छँदै मात्र एक विकेटको क्षतिमा पछ्यायो ।
राजस्थलानलाई सहज दिलाउन युवा खेलाडी यशस्वी जैसवालले शतकीय इनिङ्स खेले । उनले ६० बलमा १ सय ४ रन बनाए । यसक्रममा उनले ९ चौका र ७ छक्का हिर्काए ।
उनलाई जोस बट्लरले ३५ रन तथा कप्तान सञ्जु स्यामसनले ३८ रन बनाउँदै साथ दिए । मुम्बईका लागि एक्लो विकेट पियुश चावलाले हात पारे ।

यसअघि सन्दीप शर्माले घातक बलिङ गर्दै ५ विकेट लिएपछि मुम्बई निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७९ रनमा समेटिएको थियो । शर्माले ४ ओभरमा मात्र १८ रन खर्चिएका थिए ।
मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ६५ रन बनाए । त्यस्तै नेहल वाधेराले ४९ रनको योगदान दिए भने मोहम्मद नाबीले २३ रन बनाए । ट्रेन्ट बोल्टले २ विकेट तथा अभेष खान र युजभेन्द्र चाहलले १–१ विकेट लिए ।
जितसँगै राजस्थान अङ्क तालिकामा शीर्ष स्थानमा उक्लेको छ । ८ खेलमा सातौँ जितसहित टोलीको १४ अङ्क छ । उता, पाँचौँ पराजय बेहोरेको मुम्बई ६ अङ्कसहित सातौँ स्थानमा सीमित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार
-
बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट
-
एक हजार ५९२ सवारीसाधन कारबाहीमा, बीस लाख २४ हजार राजस्व सङ्कलन
-
निर्धारित समयमा बराबरीपछि नेदरल्यान्ड्स र मोरक्कोबिचकाे खेल अतिरिक्त समयमा
-
इन्जुरी समयमा मोरक्कोको पुनरागमन, खेल १–१ को बराबरीमा
-
रौतहट प्रहरीद्वारा एकैदिनमा १० जना फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण