चीनका लागि जासुसी गरेको आरोपमा जर्मनीदेखि बेलायतसम्म धरपकड
लण्डन । बेलायतमा दुई जनालाई चीनका लागि जासुसी गरेको आरोपमा अभियोग लगाइएको छ भने जर्मनीमा तीन जना संदिग्धलाई पक्राउ गरिएको छ । बेलायतको संसद्मा एक अनुसन्धानकर्ता र अर्का एक व्यक्तिविरुद्ध चीनका लागि जासुसी गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।
अनुसन्धानकर्ता २९ वर्षीय क्रिस्टोफर क्यास र ३२ वर्षीय क्रिस्टोफर ब्यारीलाई अफिसियल सेक्रेट एक्ट अन्तर्गत मुद्दा दायर गरिएको छ । बेलायतको चरमपन्थी विरोधी प्रहरीले यी आरोपहरू निकै गम्भीर प्रकृतिका रहेको बताएको छ ।
यी दुवै अभियुक्त गत मार्चमा अनुसन्धानका क्रममा पक्राउ परेका थिए । जानकारीका अनुसार क्रिस्टोफर क्यास संसद्मा अनुसन्धानकर्ता थिए र उनीसँग धेरै कन्जरभेटिभ सांसदहरूसँग सम्बन्धित गोप्य सूचनाहरू थिए।
उता जर्मन प्रहरीले पनि चीनका लागि जासुसी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जनाएको छ । मुख्य सन्दिग्ध थोमस आरलाई चीनको आन्तरिक सुरक्षा मन्त्रालयमा काम गरेको आरोप लगाइएको छ।
अभियोजकहरूका अनुसार थोमसले एक फ्रन्ट कम्पनी चलाउँदै थिए जुन जर्मन अनुसन्धान संस्थाहरूसँग नजिकबाट काम गरिरहेको थियो। उनले संवेदनशील सूचना सङ्कलन गरेको आरोप छ । यसमा युद्ध जहाजमा प्रयोग गर्न सकिने इन्जिनको डिजाइन पनि समावेश छ।
थोमसले यो जानकारी चीनसँग साझा गरेको आरोप लगाइएको छ । जर्मन अभियोजकहरूले थोमस र उनका सहयोगीहरूले सेनाले प्रयोग गर्न सक्ने जानकारी सङ्कलन गरेको आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण