बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

वर्ल्ड सेन्ट्रल किचेनले गाजामा सहायता पुनः सुचारु गर्ने

सोमबार, १७ वैशाख २०८१, ११ : ०६
सोमबार, १७ वैशाख २०८१

गाजा । सहायता संगठन वर्ल्ड सेन्ट्रल किचेनले गाजामा खाद्यान्न वितरण पुनः सुरु गर्ने भएको छ । करिब एक महिनाअघि इजरायली बमबारीमा वर्ल्ड सेन्ट्रल किचनका सात कर्मचारीको मृत्यु भएको थियो । यो घटनापछि वर्ल्ड सेन्ट्रल किचेनले गाजामा सहायता उपलब्ध गराउने काम रोकेको थियो । राहत कार्यलाई जारी राख्नु पर्छ भनेर आफूहरूले निर्णय गरेको वर्ल्ड सेन्ट्रल किचेनले भनेको छ ।

‘सहयोगका लागि ८० लाख प्याकेट खाद्यान्नसहित २७६ ट्रक तयार पारेका छौँ । यिनीहरू रफा क्रसिङ हुँदै प्रवेश गर्नेछन् ।’ सङ्गठनले विज्ञप्ति जारी गर्दै भनेको छ । वर्ल्ड सेन्ट्रल किचनका सीईओ एरिन गोरले भने, ‘गाजामा मानवीय अवस्था अत्यन्तै गम्भीर छ । हामी पूर्ण ऊर्जाका साथ काममा फेरि सुरु गर्न लागिरहेका छौँ । हाम्रो प्रयास सकेसम्म धेरै मानिसहरूलाई खाना उपलब्ध गराउने रहनेछ ।’

र्ल्ड सेन्ट्रल किचेन एउटा अमेरिकी संस्था हो । यसको उद्देश्य राष्ट्रिय प्रकोप र मानवीय सङ्कटबाट पीडित मानिसहरूलाई खाना उपलब्ध गराउनु हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप