असारमा पुग्यो ‘दान्भी’
काठमाडौँ । अभिनेत्री पूजा शर्माको एक्सन भूमिका रहेको फिल्म ‘दान्भी’को प्रदर्शन मिति सरेको छ । १० जेठमा प्रदशर््न तयारीमा रहेको फिल्म सरेर असारको ७ मा पुगेको हो ।
शर्माको जन्मदिनको अवसर पारेर फिल्मको नयाँ रिलिज मिति तय गरिएको छ । असारको ७ गते अहिलेसम्म कुनै पनि फिल्म छैन । अहिलेसम्मको रिलिज तालिकामा ‘दान्भी’ले सोलो रिलिज अवसर पाउने देखिन्छ । फिल्मका निर्देशक रुपेश तामाङ हुन् ।
वितरक करण श्रेष्ठ र निर्माताहरूको छलफलपछि फिल्म प्रदर्शनका लागि ७ असार उपयुक्त मितिको रूपमा तय भएको निर्देशक तामाङले जानकारी दिए । फिल्ममा अभिनेत्री शर्माको जोडीमा कुन्साङ बोमजोम देखिँदै छन् । कुन्साङ यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् ।
देव मगर र अनुप गडाल निर्माता रहेको यो फिल्मका कार्यकारी निर्माता पवन राना मगर हुन् । फिल्ममा कमला लिम्बु, पन्च बहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रूपमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी २००७ सालदेखि लडिरहेका छौँ, लडिरहन्छौँ : महत
-
एमाले दलका नेता ओलीमाथि आक्रमणको प्रयास भयो : रघुजी पन्त
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
मन्त्री रेखा शर्माको प्रश्न : कसैको बारेमा प्रश्न उठाइरहने, बोल्न नदिने भन्ने हुन्छ ?
-
एमाले अध्यक्ष ओलीप्रति धनराज गुरुङ आक्रामक
-
सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट खारेज