शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कसरी सुल्झिएला सलमान खानको घरमा भएको गोलीबारीको घटना ?

बिहीबार, २० वैशाख २०८१, १७ : ४८
बिहीबार, २० वैशाख २०८१

नयाँदिल्ली । बलिउडका सुपर स्टार सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्टमा मे १४ मा गोलीबारीको घटनामा समातिएका अरोपीमध्ये एकको हालै मृत्यु भएको  छ । गोली प्रहारका आरोपीहरूलाई पेस्तोल दिएका भनिएका अनुज थापनले बुधबार मुम्बई प्रहरीको अपराध शाखाको हिरासतमै आत्महत्याको कोशिश गरेका थिए ।

अस्पताल लगिएको भएपनि उनी बाँच्न सकेनन् । चौबिसै घन्टा सीसीटीभीको निगरानीमा रहने जेलभित्र आरोपीले फाँसी लगाएर मर्न खोजेको घटनासँगै गोलीबारी काण्ड जटिल बन्दै गएको छ । अभिनेताको घरमा गोली प्रहारको १७ दिनपछि उक्त घटना भएको हो । थापन यस मामिलाका मुख्य आरोपी थिए ।

उनीमाथि सलमानको घरमा गोलीबारी गर्ने व्यक्तिहरूलाई हतियार उपलब्ध गराएको आरोप लागेको थियो । थापानले जेलको शौचालयमा आत्महत्या गर्न खोजेको बताइएको छ । 

शौचालय छिरेको निकै बेरसम्म पनि उनी बाहिर नआएको र बोलाउँदा पनि कुनै जवाफ नदिएपछि प्रहरीले ढोका फोडेका  थिए । शौचालयभित्र आरोपी पासोमा झुन्डिएका थिए । अस्पताल पुर्याउने बित्तिकै डाक्टरले उनलाई मृत घोषित गरिदिए ।

सलमानको घरमा गोली हान्ने शूटरहरु विक्की गुप्ता र सागर पालसँगको सोधपुछको क्रममा थापनको नाम आएको थियो । प्रहरीले थापन र उनका एक साथी सोनूकुमार बिश्नोईलाई अप्रिल २५ मा पञ्जाबबाट समातेका थिए । थापन पञ्जाबको अबोहरका बासिन्दा थिए ।

थापन र बिश्नोई दुबैजना लरेन्स बिश्नोई ग्याङका लागि काम गर्ने गरेको प्रहरीको भनाई छ । थपनले जेलमा सुत्नका लागि दिइएको तन्नाको फन्दा लगाएको बताइएको छ । थापनले शूटरहरुलाई पेस्तोल र गोलीको व्यवस्था कहाँबाट गरे भन्ने कुरा प्रहरीले जान्न चाहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप