बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

‘खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्तिबारे मन्त्री लम्सालले दिए ‘प्रष्टीकरण’

बिहीबार, ०४ असार २०८३, १४ : ५०
बिहीबार, ०४ असार २०८३

सारांश

  • पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले 'काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनू' भन्ने अभिव्यक्तिबारे प्रष्टीकरण दिएका छन् ।
  • मन्त्री लम्सालले कुनै पनि व्यवसायीलाई कारबाही गर्न वा ठेक्का रद्द गर्न मन नभएको बताए ।
  • उनले पूर्वाधार निर्माणमा निर्माण सामग्री व्यवस्थापन, वनबाट स्वीकृति ढिलाइ, बीमा तथा पोल सार्ने समस्या मुख्य रहेको बताए ।

काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विवादित अभिव्यक्तिको विषयमा प्रष्टीकरण दिएका छन् ।  विनियोजन विधेयक अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयको विनियोजनमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा ‘काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनू भन्ने’ भनाइको घुमाउरो जवाफ दिएका हुन् । 

‘अस्ति त पोलको विषयमा म आफैँ पनि विवादमा आएँ,’ उनले भने, ‘हामीलाई कुनै पनि व्यवसायीलाई कारबाही गर्न र ठेक्का रद्द गर्न मन छैन । हामीले उहाँहरूको सम्भावना एक प्रतिशत मात्रै छ भने पनि हामीले पुस गर्नुपर्छ भन्ने नै हो ।’ 

उनले पूर्वाधार निर्माणको सम्बन्धमा मुख्य तीन चारवटा समस्या भएको बताए । उनले निर्माण सामाग्रीको व्यवस्थापन सबैभन्दा महत्त्वपूर्ण भएको बताए । त्यस्तै, वनबाट स्वीकृति आउन वर्षौंसम्म लगाउने गरेको उनले बताए । 

त्यस्तै, बीमा तथा पोल सार्ने समस्याले समेत यसका लागि अवरोध गरिरहेको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप